१० असार, धादिङ – चलचित्र लुकामारी शुक्रबारदेखि प्रदर्शनमा आएको छ । सुरजमान भण्डारीको निर्माणमा तयार भएको चलचित्रलाई श्रीराम दुवालले निर्देशन गरेका छन् ।
लुकामारी काठमाडौंको एउटा घरमा डेरा गरी बसेका विभिन्न व्यक्तिलाई चित्रण गर्दै निर्माण गरिएको छ ।
सौगात मल्ल, कर्मा, सुरबिना कार्की, विक्रम सिंह थारु, जेबी डिसी, रिश्ता बस्नेत, प्रभान भुसाल, वसन्त भट्ट, प्रकाश पौडेल, कृष्णभक्त महर्जनलगायतका कलाकारहरुको अभिनय रहेको छ । क्राइम कमेडीमा आधारित यो चलचित्रमा सौगात मल्लले मधेसीको भूमिका निभाएका छन् ।