Tue. May 13th, 2025

मुग्लिन सडकको ठाउँ-ठाउँमा पहिरो, आवागमन ठप्प

narayangad-muglin-road१२ असार, चितवन – चितवनको नारायणगढ–मुग्लिन सडकका विभिन्न स्थानमा खसेको पहिरोका कारण आज बिहान ३ बजेदेखि सडक बन्द भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार उक्त सडकअन्तर्गत पाँचकिलो, सेती दोभान, गौंडेलगायत स्थानमा पहिरो खसेको छ ।

अहिले डोजरको सहायतामा पहिरो पन्छाउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । विभिन्न ठाउँमा पहिरो खसेका कारण अवरुद्ध सडक खुलाउन समय लागेको प्रहरीले जनाएको छ ।

रातिदेखि बाटो बन्द हुँदा सवारी साधनको ठूलो लाइन लागेको छ । चितवनबाट काठमाडौँ र पोखरालगायत विभिन्न स्थानमा जाने आउने सयौँ सवारी बीचबाटोमै रोकिएका छन् ।

प्रहरीले आउने सवारीलाई मुग्लिन र जाने सवारीलाई भरतपुर आँपटारी र जुगेडी क्षेत्रमा रोकेको छ । रासस

About The Author

अन्य समाचारहरु: