Tue. May 13th, 2025

लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङको अध्यक्षमा हिमाल घले

lokdohari-prastin
१२ असार, धादिङ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङको अध्यक्षमा हिमाल घले निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिष्ठानको शनिबार सम्पन्न पाँचौँ जिल्ला अधिवेशनले घलेको अध्यक्षतामा आगामी तीन वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमला थापा, द्धितीय उपाध्यक्षमा सुजिता थापा मगर, सचिवमा प्रकाश विनायक, सह–सचिवमा सन्दिप थापा  मगर र कोषाध्यक्षमा मनमाया बाइवा निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा विनु तामाङ, खेम राना, दलमान तामाङ, आरम्भ तामाङ, प्रमोदकुमार सिलवाल, संगीता सुवेदी, हरि अधिकारी विन्दा परियार, दिवाकर रिमाल,सरिसा पाटा मगर, गणेश खनाल, भगवती लामिछाने मगर , सीता लामा सीताराम परिवार, मैया सेढाई रहेका छन् ।

प्रतिष्ठानका अध्यक्ष कृष्ण शिशिरको अध्यक्षतामा भएको अधिवेशनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष दुर्गा रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका द्धितीय उपाध्यक्ष दिपकराज क्षेत्री, सचिव पशुपति शर्मा, कोषाध्यक्ष रीता थापा मगर लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागीता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: