Tue. May 13th, 2025

परम्परागत खाद्य वस्तुको प्रवर्धन सम्बन्धी तालिम

१३ असार,  धादिङ –गजुरी गाउँ विकास समिति वडा नम्वर १ आदामारामा १ दिने परम्परागत खाद्य वस्तुको प्रवर्धन तालिम सम्पन्न भएको छ ।

शान्ति नेपालद्धारा सञ्चालित पोषण तथा खाद्य सुरक्षा कार्यक्रम अन्तरगत आयोजना गरिएको तालिममा आदामारा आमा समुहको २३ जना सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा परम्परागत खाद्य वालिको अवस्था पहिचान गर्नुका साथै परम्परागत खाद्य वालिको आवश्यकता तथा महत्वका विषयमा सहजिकरण गरिएको थियो ।

परम्परागत खाद्य वस्तुको प्रवर्धन गरी चेपाङ समुदायको आय आर्जनमा वृद्दि गर्ने र कुपोषण न्यूनिकरणमा सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिममा चेपाङ समुदायमा पाइने, सामा कागुनो, कोदो, मकै लगायतका खाद्य वाली र गिठा भ्याकुर, साग सिस्नो लगायतका कन्दमुलमा पाईने पोषक तत्वका विषयमा जानकारी गराइएको थियोे ।

यसै गरी तालिममा स्थानीय स्तरमा पाईने खाद्यान्न बालीमा पाईने पोषक तत्व र सन्तुलित खानाको विषयमा शान्ति नेपालका फिल्ड अधिकृत शोभा चेपाङले सहजिकरण गरेका थिए ।

About The Author

अन्य समाचारहरु: