Mon. May 12th, 2025

गजल प्रतियोगितामा उत्कृष्ट १० गजल घोषणा (गजल सहित)

gajal-competetion१५ असार, धादिङ  – बहार बहार परिवारको वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला नेपाली गजल प्रतियोगिता अन्तर्गत मंगलवार १० उत्कृष्ट गजलहरूको घोषणा गरिएको छ ।

गजलविज्ञ करूण थापा, भाषा-साहित्यविज्ञ भक्तिप्रसाद पौडेल, र गजलकार टक गुरुङ सम्मिलित मूल्यांकन समितिले कूल २ सय १२ गजल मध्येबाट प्रारम्भिक चरणबाट छानिएका २५ गजलमाथि मूल्यांकन गरेको थियो । गजलका स्थापित नियममा आधारित रही कोडिङ् प्रक्रियाबाटै उत्कृष्ट १० गजलहरू छनौट गरिएको मूल्यांकन समितिले जनाएको छ ।

१० उत्कृष्ट गजलका स्रस्टाहरूमा चितवनका अखिल ‘अनुराग’, धनकुटाका अनन्त अनुराग, गुल्मीका अर्याल कृष्ण, मोरङ्का जीवन काश्यप, दोलखाका नारायण घिमिरे अहम् स्रस्टाु, गोरखाका प्रदीप पाण्डेय रोदन, बैतडीका भुवन निस्तेज, चितवनका मनोज भण्डारी, अछामका लक्ष्मण सङ्गम र नवलपरासीका सागर मौन सागर रहेका छन् ।

अब आगामी असार २५ गते सम्ममा विभिन्न स्तर सहित उत्कृष्ट ५ गजलहरू छनौट गर्ने र अन्तिम दिन अर्थात असार ३० गते पुरस्कृत गरिने भएको छ ।

यसैबीच, छनौट भएका १० गजल मध्येबाट पाठकको रूची अनुसार यौटा गजलका स्रस्टालाई ‘लोकप्रिय गजलकार’ घोषणा गरिने आयोजक बहर बहारले जनाएको छ । अनलाईन मार्फत पाठकले आफूलाई मन परेको गजलका स्रस्टालाई भोट गर्न पाउने छन् । पाठकले http://goo.gl/eW60HS  मा क्लिक गरी इच्छाएका गजलकारलाई भोट गर्न सक्नेछन् । भोटिङ् लाईन आगामी २४ गते राति  १२ बजेसम्म खुल्ला रहनेछ।

लोकप्रिय गजलकारलाई मेडल र सम्मानपत्र प्रदान गरिनेछ । प्रतियोगितामा प्रथम,द्वितीय र तृतिय स्थान हाँसिल गर्ने स्रस्टालाई नगद रू। १५ हजार,८ हजार र ५ हजार र सम्मानपत्रले सम्मान गरिनेछ भने सान्तवना स्थान प्राप्त गर्ने २ जनालाई जनही रू ३र३ हजार र सम्मानपत्रले सम्मान गरिने आयोजक बहर(बहारले जनाएको छ ।
उत्कृष्ट १० गजलहरू पढ्नुहोस् ।

गजल कोड नं.१
©अखिल अनुराग , चितवन
सुकेर सागर बगर भएमा, त्यहाँ कुनै राज्य तय हुनेछ
जसै सितारा झरेर जान्छन् र एक दिनको उदय हुनेछ

समुन्द्र चुपचाप बस्छ प्रायः कदापि निर्बल छ यो नसोच्नू
बस् एकछिन हल्लियो भने नि पुरै जगतमा प्रलय हुनेछ

म प्रेम रोगी चकोर एउटा भो जून मेरो नजिक नआऊ
कथम कदाचित नजर जुधेमा सयौं जुनी जादुमय हुनेछ

केही पला मृत्यु टार्न सक्दा भनिन्छ बिज्ञानको उपज हो
म काल जित्ने किताब लेखूँ यो एक नौलो बिषय हुनेछ

कहाँ छुमन्तरले भूत भाग्छन् उपाय मिथ्या रचेछ कसले
यो ख्याल राखौँ सधैं धरामा मनुष्यको मात्र भय हुनेछरु

मरेर बाच्ने अठोट गर्नू झुकेर कैल्यै शरण नपर्नू
अदम्य साहस गरे तिमीले अबस्य तिम्रै विजय हुनेछ

गजल कोड नं २
© अनन्त ‘अनुराग’, धनकुटा

कुन फुल टिपी पठायो लौ त्यो पठाउनेले
बिर्स्यो सियो र धागो माला बनाउनेले

बाँकी सबै बुझेको नाटक गरिरहेछन्
यात्रा बुझेछ केवल खुट्टा गुमाउनेले

के उड्न सक्छ चङ्गा शृङ्गार गरेर मात्ररु
धागो गरेन जोहो कैल्यै उडाउनेले

आगो त निभ्छ जलले बाढी कहाँ रोकिन्छ
यत्ती त बुझ्नुपर्थ्यो आगो लगाउनेले

बेकार हुनेछ प्राप्ती हामी दुवै जनाको
सट्टा मुहार माग्यो ऐना थमाउनेले

गजल कोड नं ३
© अर्याल कृष्ण, गुल्मी

छ रित्तो मेघ जो धेरै उही नै गर्जिएको छ ।
सधैँ जो मौन देखिन्थ्यो नबोली बर्सिएको छ ।

बगायो जूनले राती धरामा आँसुका थोपा,
बिहानै सूर्यले पुछ्ने रहरले झुल्किएको छ।

भए ढुङ्गा मजा हुन्थ्यो-गुनासो फूलले राख्यो
छ सागर पिँधमा मोती कठै१ ऊ तैरिएको छ।

म ढाकूँ चाँदनी भन्दै धरामा फेरि आएको,
पियारी १हेर त्यो बादल सधैँझैँ झुक्किएको छ ।

छुने,आकाशमा पुग्ने बहाना भिन्न भैदिन्छन्,
शिखरको नीर सागर भेट्न भन्दै ओर्लिएको छ ।

गजल कोड नं ४
© जीवन ‘काश्यप’, मोरङ

हजार बाधा छिचोल्छ बग्दा नदी बगेरै नदी हुने हो
बगेर आँखा पखाल्छ पीडा पखालिएरै खुशी हुने हो

न गर्छ आफू सुकर्म केही न गर्न खोज्दा ठिकै छ भन्छ
सदैव मात्रै विरोध गर्ने मनुष्य कैले सुखी हुने हो रु

छ खेत बाँझै भुलेर माटो युवा हराए छ शून्य गाउँ
छरे न बीऊ फलेर बाली किसान हामी धनी हुने हो ।

स्वदेश सिङ्गो रहे न हाम्रो अखण्ड होला पवित्र धर्ती
नछेक बाटो अगाडि बढ्ने स्वयं रथी सारथी हुने हो ।

विचार तिम्रो सदैव अग्लो बनेर जाओस् हिमाल जस्तै
विचार अर्को विचार जाँच्ने अचूक राम्रो कसी हुने हो ।

गजल कोड नं ५
© नारायणप्रसाद घिमिरे ‘अहम श्रष्टा’, दोलखा

अझै कयौँ कस्तुरीहरूमा समुद्र पुग्ने रहर रहेछ,
जुनी बिताएर भेटिएको मरीचिकाको सहर रहेछ ।

उजाडिएको छ यो पखेरो गुराँस फुल्दैन ओठमाथि,
यहाँ हिजो वृक्ष हैन केही विदेशिनेको लहर रहेछ ।

तिमीविनाको जुनी भनेकै सजाय ठानी जहर पिएथेँ,
पियूषको नाम मेटिएको र लेखिएको जहर रहेछ ।

हिजो त्यसैको गरेँ उपेक्षा म जे थिएँ जे थियो मसङ्ग,
उनी त भन्थिन् खुसी भनेकै त्यही छुटेको प्रहर रहेछ ।

धुवाँधुवाँ भै उडेछ केही र बाँकि केही बन्यो खरानी,
अहम् अझै भेटिँदैछ भन्छन् जहाँजहाँ खण्डहर रहेछ ।

गजल कोड नं ६
© प्रदीप पाण्डेय ‘रोदन’, गोरखा

जीवन भएन कहिले, नोक्सान छैन जस्तो१
लाग्यो सधैं खुशीको, सोपान छैन जस्तो१

ताप्छ्न् सबै बलेको आगो चलन छ यस्तै,
निभ्दा गरेर हिड्छौ,चिनजान छैन जस्तो१

बूढा पिता र माता,रुन्छ्न् निरास बन्दै,
त्यो घर नितान्त एक्लो,सन्तान छैन जस्तो१

पल्टन्छ भक्त बोक्ने गाडी नयन अगाडि,
भगवान गर्छ आफै,भगवान छैन जस्तो१

मान्छे चड्यो धुरीमा, ठान्यो म नै छु माथी,
मानौ यहाँ अरुको अभिधान छैन जस्तो१

गजल कोड नं ७
© भूवन बोहोरा ‘निस्तेज’, बैतडी

भयो अनुभव सफरको अन्ततोगत्वा पुरानै
नयाँ गाडी थियो जसका थिए पुर्जा पुरानै ॥

भयो धेरै सहरका गल्लीमा गाउँ गुमेको
मिली खोजौं सबैले गाई त्यो भाका पुरानै ॥

नयाँ संसार पो रे छन् उनै पर्खाल, खाडल
यहाँका हुन् अरे भन्छन् अधिष्ठाता पुरानै ॥

यी आशा मर्न दिन्नन्, हारले बाँच्नै दिंदैनन्
दुबैमा हो निरन्तर यो प्रतिष्पर्धा पुरानै ॥

नयाँ आशा, नयाँ अभ्यर्थना गर्नु निरर्थक
भए पूजाविधि, मन्दिर अनि द्यौता पुरानै ॥

ऊ मेरो बस्तीमा आयो भने के के न हुन्थ्यो
म बाकसबाट फेरि झिक्दथे माया पुरानै ॥

गजलको नाममा फेरि भुवन गर्ला अचाक्ली
थुपारी भाव खस्रा, शब्द झन् टर्रा पुरानै ॥

गजल कोड नं ८
© मनोज भण्डारी, चितवन

भन्यो सालिकले, मान्छेको शिलाझैँ मन भएको छ ।
बचाओ मूर्ति मेरो , आज आन्दोलन भएको छ।

लगाएका हुनन् कसरी बडे पर्खाल मान्छेले ।
चरालाई त्यही पिँजडा ठुलो बन्धन भएको छ।

कहाँ सोँचेँ र बाबाले महङ्गा ल्याउलान् जुत्ता ।
मलाई बाको कोसेली नकुच्ने मन भएको छ।

पछ्यौरीतुल्य आमाको, बुवाको साइकलजस्तो ।
जता फाट्यो उतै टालेसरि जीवन भएको छ।

कुवामा चन्द्रमाजस्तै तिमी आयौ यो जीवनमा ।
छचल्केला कि यो पानी , यही दोमन भएको छ।

नदीले मित्र हुन् मेरा सधैं यी तीरू सोच्दो हो ।
किनाराको भने खोला सधैं दुश्मन भएको छ ।

गजल कोड नं ९
© लक्ष्मण ‘सङ्गम’, अछाम

दिने छैन बादल क्षमा, घाउ लाग्छ ।
नहिर्काउनू चन्द्रमा घाउ लाग्छ ।।

कसोरी टिपूँ फूल तिम्रा निमित्त
चुडाएँ भने बोटमा घाउ लाग्छ ।।

उता शत्रुले तीर हान्छन् नजरका
यता यी दुबै नेत्रमा घाउ लाग्छ ।।

फुटाएर ढुङ्गा यही ज्ञान पाएँ
कि ढुङ्गा कि औजारमा घाउ लाग्छ ।।

गएकाहरू खाडिमा घन उचाल्छन्।
अनौठो कुरा देशमा घाउ लाग्छ।।

गजल कोड नं १०
© सागर ढकाल ‘मौन सागर’, नवलपरासी

आशै निभाईदिन्छौ, के भाग्य बाल्न सक्छ१
एउटै दियो जलाए औँशी पखाल्न सक्छ ।

यो खेल हो जिवनको, आफै तयार बन्नु,
उल्टा, सिधा र बाङ्गो जस्तोु नि चाल्न सक्छ।

यी डाहका भकारी हेर्छन् कि यो नजरले,
फोहर खनेर मानौँ, मोती निकाल्न सक्छ।

बलको घमण्ड गर्छन्, निर्धा अबोध माथि,
तातेर घामले के छायाँ पगाल्न सक्छरु

आगो छ या छ पानी, यी ऑशुमा मुमाको,
ऑखा भिजाई जस्ले, सागर उमाल्न सक्छ।
भोट गर्नलाई तल क्लिक गर्नुहोस।

http://www.poll-maker.com/poll737641x17444042-30

About The Author

अन्य समाचारहरु: