Tue. May 13th, 2025

नुवाकोटमा पहिरोले घर पुरिँदा दुर्इ बालकको मृत्यु

nuwakot-jilla-१५ असार, नुवाकोट – नुवाकोटको बुङताङमा बुधबार बिहान पहिरोले घर पुर्दा दुई बालकको ज्यान गएको छ ।

बुङताङ–४ डोटाटोलका मेघबहादुर तामाङको घरलाई बिहान ८ बजेतिर पहिरोले पुर्दा मेघबहादुरका छोरा १३ वर्षीय आइतराम र ६ वर्षीय आशिषको पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पहिरोमा परी तामाङका ९ वर्षीया छोरी विमला सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी एउटा भैँसी र पाँच बाख्रासमेत मरेका छन् । भूकम्पले घर भत्किएपछि जस्ताको टहरो घरमा बस्दै आएका तामाङको टहरोमाथि रहेको ढिस्को खसेर पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

घाइते तथा मृतकको स्थानीयवासीले तत्काल उद्धार गरेका थिए । रासस

About The Author

अन्य समाचारहरु: