Mon. May 12th, 2025

उत्तरी धादिङको तिप्लिङमा बिबिएल कार्यक्रम सुरु हुने

bba-progrm१५ असार, धादिङ -उत्तरी धादिङको तिप्लिङ गाँउ विकास समितिमा बियुल्डिङ बेटर लाइफ (बि.बि.एल) कार्यक्रम संचालन गरिने भएको छ ।

बुधबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरी नर्लासँग साझेदार गरेर फोकस–नेपालले कार्यक्रम संचालन गर्ने जानकारी दिएको छ ।

स्थानियको सामाजिक तथा आर्थिक क्षमता विकास गरी लक्षित वर्र्गको जीवनयापनमा सुधार ल्याउने लक्ष्यले सो कार्यक्रम संचालन गर्न लागिएको हो ।

१ करोड १६ लाख ५७ हजार ३ सय ५० रुपैया बजेटमा आगामी दुई वर्षका लागि काम थालनी गरेको छ । भेडाच्याङ्रा पालन र आलु खेति जस्ता कार्य मार्फत कृषिलाई प्राथमिकतामा राखेर विभिन्न गतिविधिहरु गर्ने फोकस–नेपालका अध्यक्ष हेमराज छत्कुलीले बताए ।

कार्यक्रम अन्र्तगत २ सय परिवारलाई सिमीको बिउ, थुम वितरण गर्ने, प्रत्येक परिवारलाई ४ वटा च्याङ्ग्रा वितरण गर्ने आदि कार्य गर्ने नर्लाका कन्ट्रि डिरेक्टर डा. तेज हरि घिमिरेले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: