Sat. Jul 27th, 2024

विभिन्न कार्यक्रम गर्दै ल्होसार मनाइदै

१५ पुस, धादिङ -बौद्ध धर्मावलम्बीहरुको प्रमुख चाड मानिने तमु ल्होछार देशभर विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

 
बौद्धधर्म अन्तर्गत महायान् संप्रदायको सांस्कृतिक पर्व तमु ल्होछारको अवसर पारेर धादिङमा बसोबास गर्ने गुरुङ समुदायले पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ ।
गुरुङ जातिले आज पुस १५ गते तमु ल्होछारका रुपमा, तामाङ लगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारका रुपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होछार मनाउने संस्कार छ ।

 
नयाँ वर्र्षका रुपमा ल्होछार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङवा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्छन् । विदेशमा रहेका सो समुदायका सदस्यले पनि एकापसमा शुभकामना आदानप्रदान गरेर यो पर्व मनाउने गरेका छन् ।

 
‘ल्हो’ भन्नाले वर्र्ष तथा ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्र्ष ल्होछारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ । सरकारले यो पर्वलाई २०६४ सालदेखि राष्ट«िय पर्वका रुपमा मान्यता दिई सार्वजनिक बिदासमेत दिने गरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: