१५ असार, धादिङ – सहयात्री समाज नेपालकले जिल्लास्तरीय समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय, स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम(एल.जि.सि. डि.पि), स्थानिय शासन तथा उत्तरदायी संयन्त्र (एल.जि.ए.फ)को सचिवालयसँगको साझेदारीमा संचालन गरिएको कार्यक्रमको बारेमा जानकारी गराइएको थियो ।
सहयात्री समाज नेपालल धादिङले जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम, गाविस स्तरिय अभिमुखिकरण कार्यक्रम रेडियो कार्यक्रम साप्ताहिक, २ वटा सवनलमा संक्षिप्त विवरण पत्र तयार लगायतका क्रियाकलापहरुको सार्वजनिक गरेका छन् ।
कार्यक्रममा निलकण्ठ नगरपालिका कार्यलय धादिङका कार्यकारी प्रमुख देवराज चौलागाई, जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत विनोद अर्याल लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।