Mon. May 12th, 2025

उत्तरी धादिङको री मा पहिरो, ६ घरका २२ जना विस्थापित

१६ असार,  धादिङ – उत्तरी धादिङको री गाँउ विकास समिति वडा नं ९ चेप्राङमा गएराती वर्षापछि आएको पहिरोका कारण ६ घरका २२ जना विस्थापित भएका छन् ।

ree-ko-pahiro-Copy
फाइल फोटो

विनाशकारी भूकम्पले घर भत्काएपछि अस्थायी टहरामा बस्दै आएका उनीहरु पहिरो गएपछि राती ११ बजे भाँगेर नजिकैको सुरक्षित स्थानमा बसेका छन् ।

घर छाडेका कारण अहिले उनीहरुलाई खानेकुराको समस्या रहेको रीबाट आकाश तामाङले टेलिफोन मार्फत पाविलन्युज डटकमलाई जानकारी दिए । फर्केर अस्थाथी आवासमा जान सकेका छैनन् ।

घटनाका बारेमा जिल्लाका सुरक्षा निकायहरुलाई जानकारी गराइएको भएपनि घटनास्थलसम्म सुरक्षाकर्मी नगएको स्थानीयको भनाई छ । उद्दारका लागि राती नै दार्खा प्रहरी चौकीबाट प्रहरीहरु पठाइसकेको धादिङका एसपी शरद खत्रीले जानकारी दिए ।

यस विषयमा विहिबार बिहान १० बजे जिल्ला दैविक प्रकोप उद्दार समितिको बैठक बस्ने जानकारी गराइएको छ ।

About The Author

अन्य समाचारहरु: