Mon. May 12th, 2025

सेवाग्राही प्रति जिम्मेवार बन्दै प्रयास नेपाल

salyankot social audit१७ असार,  धादिङ  – समुदाय प्रति उत्तरदायी, पारदर्शी तुल्याउँदै उनीहरूको चासोप्रति संवेदनशील, जवाफदेहीता र उत्तरदायित्व बोध गर्दै स्थानीय तहमा क्रियाशिल सामाजिक संस्था प्रयत्नशील सामुदायिक विकास समाज(प्रयास नेपाल) धादिङले बिहिबार सल्यानकोट र बुधबार सत्यदेवी गाविसमा सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ ।

सल्यानकोटको गाविस भवन र सत्यदेवीको बच्छला उमावि सत्यदेवीको प्राङ्गणमा संस्थाको नीति, नियम, कार्यक्रम कार्यान्वयन, व्यवहार, श्रोत परिचालन, कार्यान्वयन प्रकृया, पारदर्शिता र प्रभावकारीताबारे सम्बन्धित सेवाग्राही, सेवा प्रदायक तथा सो क्षेत्रका सरोकारवालाहरुको विश्लेषणात्मक लेखाजोखा गर्न सामाजिक लेखा परिक्षण गर्ने गरिएको संस्थाको अध्यक्ष उषा बि.कले बताइन् ।

सामाजिक लेखाजोखा संस्थाको सरोकारवाला तथा लाभान्वित समुह प्रतिको जवाफदेहितालाई प्रमाणित गर्न, वृहत स्तरमा पारदर्शिता कायम गर्न, लाभान्वित समूह, सरोकारवाला र साझेदार संस्थाहरुको कार्यक्रममा सहभागितामा वृद्धि गर्नका लागि संचालन गरिएको संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।

संस्थाले आ.ब. ०७२,०७३ मा सल्यनकोट र सत्यदेवी गाविसमा जिविकोपार्जन, अधिकार र शिक्षा बिषयगत क्षेत्र अन्र्तगत सिविस, वल्र्ड भिजन र बिश्व शिक्षाको साझेदारीतामा आफ्नो घर आफ्नो परिवार कार्यक्रम र आपतकालिन शिक्षा तथा संरक्षण कार्यक्रम अन्र्तगत संचालित कार्यक्रमको प्रगति तथा आर्थिक विवरण प्रस्तुति गरेको छ ।

कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, बिद्यालयका शिक्षकहरु,बाल क्लबका प्रतिनिधीहरु र स्थानीय संघ संस्थाहरु र लक्षित समुदायका व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

About The Author

अन्य समाचारहरु: