Mon. May 12th, 2025

ललितपुरमा पर्खालले थिच्दा दुई विद्यार्थीको मृत्यु, १७ जना घाइते

lalitpur१७ असार,  ललितपुर – ललितपुरमा पर्खाल भत्किदा दुईजना विद्यार्थीको मृत्यु भएको छ । टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलनजिकै रहेको पर्खाल भत्किएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक किसनसिंह थापाले बताए ।

शुक्रबार बिहान १० बजेर ५० मिनेट जाँदा विद्यालयसँगै रहेको पर्खाल भत्किएर कक्षाभित्र अध्ययन गरिरहेका विद्यार्थीलाई थिचेको थियो । घाइते विद्यार्थीलाई पाटन अस्पताल र बि एन्ड बि अस्पतालमा उपचार गराइरहेको उनले बताए ।

घाईतेमध्ये पाँचजना पाटन अस्पताल र १२ जना विद्यार्थीको बि एन्ड बि अस्पतालमा उपचार भइरहेको जनाइएको छ । अविरल वर्षाले विद्यालयसँगै रहेको जग्गा प्लटिङको पर्खाल बगेर आउने क्रममा विद्यालयको टहरा भत्किएर कक्षामा अध्ययनरत विद्यार्थीलाई थिचेको थियो ।

About The Author

अन्य समाचारहरु: