Mon. May 12th, 2025

धादिङ सहित भूकम्प प्रभावित १७ जिल्लामा पहिरोको जोखिम

Rigaun_9_cheprang१७ असार,  धादिङ – वर्षा सुरु भएसँगै भूकम्प प्रभावित जिल्लाहरुमा पहिरोको जोखिम बढ्न थालेको छ ।

प्राकृतिक प्रकोप सम्बन्धी अध्ययन गर्ने संस्था इसिमोडका अनुसार भूकम्पबाट बढी प्रभावित १७ जिल्लामा ५२ सय वटा ठूला पहिरोको जोखिम रहेको जनाएको छ ।

शुक्रबार संसदको राज्य व्यवस्था समितिलाई आफ्नो अध्ययन प्रतिवेदनबारे जानकारी गराउँदै इसिमोडले भूकम्प प्रभावित जिल्लामा ५ हजार १ सय ५९ वटा पहिरोको जोखिम बढेको जनाएको हो । पहिरोमध्ये झण्डै ७० प्रतिशत मानव बस्ती क्षेत्रमा रहेका छन् ।

ठूला खालका पहिरोले नदीलाई नै थुन्नसक्ने इसिमोडका क्षेत्रीय कार्यक्रम निर्देशक अरुणभक्त श्रेष्ठले चेतावनी दिए । प्रतिवेदनमा भूकम्पका कारण ठूला खालका पहिरोलाई खासै असर नगरेको तर नयाँ बढाएको उल्लेख छ । पहिरो सानादेखि केही किलोमिटर लामोसम्मका रहेका छन् ।

यस्तै, इसिमोडले नेपालमा रहेका २३ सय २३ वटा हिमताल मध्ये २० वटा उच्च जोखिममा रहेको दाबी गरेको छ । समितिको बैठकमा सांसदहरुले झरी बढेसँगै पहिरो चल्न थालेकाले सरकारी संयन्त्रलाई प्रभावकारी बनाउन समितिले भूमिका खेल्नुपर्ने बताए । एमाले सांसद गंगालाल तुलाधरले पहिरो प्रभावित क्षेत्रमा सरकारी उपस्थिति नभएकाले समितिले हस्तक्षेप गर्नुपर्ने उल्लेख गरे ।

पहिरोका कारण धादिङको उत्तरी क्षेत्रमा रहेको री लापा, झार्लाङ सेतुङ, लगायतका गाविसहरु जोखिममा रहेको छ । उत्तरी धादिङको री गाविसको चेप्राङमा बुधबार रातीदेखि परेको पानीका कारण पहिरो गई गाँउ नै जोखिममा रहेको छ ।

About The Author

अन्य समाचारहरु: