Mon. May 12th, 2025

नाम छुटेको भन्दै जोगिमारा गाविस कार्यलयमा स्थानियले लगाए ताला

tala

अस्मिता खतिवडा /१७ असार,  धादिङ-   धादिङको जोगिमारा गाऊँ विकास समितीको कार्यलयमा स्थानियले ताला लगाएका छन् । भुकम्पबाट पुर्ण क्षती भएका घरहरुलाई पनि २ लाख पाउन योग्य सुचिमा नराखेको भन्दै आज स्थानियले गाविस कार्यलयमा ताला लगाएका हुन् ।

प्राविधिक र इन्जिनियर टोलीहरुले घरहरुको सर्वेक्षण सहि तरिकाले नगरेको र पहिलो चरणमा पुर्ण क्षतिमा परेका घरहरु अहिले सुचिमा नपरेको भन्दै गाविस कार्यालयमा ताला लगाइएको स्थानिय बताऊँछन् ।

गुनासोे संबोधनका लागि जोगिमारामा २ सय सदस्यिय संघर्ष समिती पनि बनाइएको छ । सोहि समितीको सक्रियतामा भुकम्पबाट क्षती ग्रस्त गाऊँलाई नै सुचिमा नराखेको र पटक–पटक जिल्ला प्रशाशन कार्यलय धादिङ तथा गाविस कार्यलयमा जानकारी गराऊँदा पनि सुनुवाई नभएको भन्दै कार्यलयमा ताला लगाइएको हो ।

जोगिमाराका ९ वटै वडामा गरि लगभग ५ सय घरधुरी २ लाख पाउन योग्य सुचिमा नपरेका संघर्ष समितीका अध्यक्ष एवं जोगिमारा २ जवाङका स्थानिय उत्तम घलेले बताए ।

यता जिल्ला प्रशाशन कार्यलय धादिङले भने गुनाशो संबोधन प्रक्रिया अगाडी बढिरहेको बताएको छ । जिल्ला विकास समिती धादिङका सुचना अधिकृत भोला गौतमका अनुसार प्राप्त भएका गुनाशाहरु वर्गिकरण गर्ने काम भइरहेको छ । गुनासा वर्गिकरण भइसकेपछि जिल्लाबाट संबोधन हुने गुनासा जिल्लामै र केन्द्रमा लैजानुपर्ने गुनाशालाई केन्द्रिय स्तरको पुन निर्माण प्राधिकरणमा पठाइने सुचना अधिकृत पौडेलले  बताए ।

About The Author

अन्य समाचारहरु: