Sat. May 18th, 2024

चालिस लाख नेपालीसँग एटीएम

Atm-users

१६ पुस काठमाडौं । दश वर्ष अघिसम्म अटोमेटिक टेलर मेसिन ९एटीएम० काउन्टरबाट पैसा निकाल्नेहरुको सान नै बेग्लै हुन्थ्यो । किनभने २०६०र०६१ सालतिर करिब २० हजार नेपालीसँग मात्रै एटीएम थियो ।

त्यसबेला एटीएम काउन्टरको संख्या पनि २ सयको हाराहारीमा थियो । स्टान्डर्ड चार्टड, नविल र इन्भेष्टमेन्ट जस्ता केही ठूला बैंकले मात्रै एटीएम सेवा दिन्थे ।

तर, अहिले अवस्था फेरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुको संख्यात्मक वृद्धिसँगै बैंकिङ क्षेत्रको सेवामा पनि व्यापक विस्तार भएको छ । हाल सबै बैंक वित्तीय संस्थाहरुले एटीएम सेवा प्रदान गरिरहेका छन ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार ४० लाख नेपालीहरुले एटीएम कार्ड चलाउँछन । यो कूल जनसंख्याको १५।१० प्रतिशत हो । २०६८ को राष्ट्रिय जनगणना अनुसार देशको कूल जनसंख्या २ करोड ६५ लाख छ ।

राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरुले देशभर १६ सय ५२ वटा एटीएम काउन्टर सञ्चालन गरेका छन । जसअनुसार एक एटीएम काउन्टरबाट औषतामा २ हजार ४ सय २१ सय जनाले सेवा लिइरहेका छन ।

एटीएमको बढ्दो प्रयोगसँगै बैंकिङ सेवा अत्यन्तै सुलभ भएको छ । ग्राहकले आफूले बैंकमा जम्मा गरेको रकम एटीएम काउन्टरबाट जुनसुकैबेला निकाल्न सक्ने छन ।

पछिल्लो तथ्यांक अनुसार ३० वाणिज्य बैंक, ८४ विकास बैंक, ५३ वित्त कम्पनी र ३७ लघुवित्त विकास कम्पनी गरी २ सय ४ वटा संस्था संञ्चालनमा छन । यी संस्थाहरुले देशभर ३४ सय ५६ वटा शाखा सञ्चालन गरेका छन ।

३० वाणिज्य बैंकका १ हजार ५ सय ४७ वटा, विकास बैंकका ८ सय १८ वटा, वित्त कम्पनीका २ सय ३९ वटा, लघुवित्त विकास बैंकका ८ सय ५२ वटा शाखा छन । जसअनुसार औषतमा एक शाखाले ८ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

ग्राहकलाई सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुबीच स्वस्थ्य प्रतिस्पर्धा हुँदा एटीएम प्रयोगकर्ताको संख्यामा चमत्कारीकरुपमा वृद्धि भएको राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले अनलाइनखबरलाई बताए ।

‘पछिल्ला दश वर्षमा वित्तीय सेवाको पहुँच व्यापक विस्तार भएको छ । बैंकहरुबीच प्रतिस्पर्धा हुँदा ग्राहकले स्तरीय र सुलभ सेवा पाएका छन ।’ श्रेष्ठले भने( एटीएम नभएको संस्थामा ग्राहकले खाता खोल्न हिचकिचाउन थालेपछि समेत संस्थाहरु एटीएम सेवा विस्तार गर्न बाध्य भए ।’

राजधानी बाहिरका धेरै जिल्लामा एटीएम सेवा विस्तार भइसकेको छ । हाल करिब ४० प्रतिशत अर्थात सवा करोड सर्वसाधारण बैंकिङ पहुँचमा छन । बैंकिङ पहुँचभित्र रहेका ३५ प्रतिशतले एटीएम सेवा प्रयोग गर्ने गरेको तथ्यांकले देखाउँछ ।

सन १९३७ मा नेपाल बैंक स्थापना भएपछि नेपालमा बैंकिङ कारोबारको सुरुवात भएपनि निजी बैंकहरुले ५० को दशकपछि एटीएम सेवा सुरु गरेका हुन ।
(अनलाइनखबरबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: