१८ असार, धादिङ – उत्तरी धादिङको री गाविस वडा नं ९ चेप्राङमा गएको पहिरोका कारण विस्थापित भएका १४ जनाको उद्दार गरिएको छ ।
छिमेकी गाँउबाट आएका स्थानीयहरु र प्रहरीको सहयोगमा उनीहरुको उद्दार गरी री ७को पाजीमङ गाँउमा राखिएको छ ।
बिरामी, अशक्त र वद्ध गरी ७ जनाको उद्दार गर्न सकिएको छैन । उनीहरु प्रभावित क्षेत्रमा नै छन् । उनीहरुले पनि आफूहरुलाई सुरक्षित स्थानमा सारिदिन आग्रह गरेको रीबाट आकाश तामाङले पाविलन्युज डटकमलाई जानकारी दिए ।
उनीहरुको हेलिकप्टर मार्फत उद्दारको प्रयास भइरहेको छ । गत बुधबार राती अविरल वर्षासँगै गएको पहिरोका कारण चेप्राङ गाँउ विस्थापित भएको थियो । भूकम्पपछि अस्थायी टहरामा बस्दै आएका उनीहरु पहिरो झर्न थालेपछि राती नै भाँगेर ज्यान बचाउन सफल भएका थिए ।