Thu. May 15th, 2025

स्वास्थ्य शिविरमा २ सय ५० जनाको स्वास्थ्य जाँच

१८ असार,  धादिङ – क्यान्सर काउन्सिल नेपालको आयोजनामा शनिबार धादिङको चैनपुर गाविस वडा नं ९ सुनखानीमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।

शिविरमा १ सय ४० जना महिला र १ सय १० जना पुरुष गरी २ सय ५० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा दम, हाड जोर्नी, नसा सम्बन्धी तथा महिलाहरुको पाठेघर खस्ने समस्या लगायतको स्वास्थ्य जाँच गरिएको छ ।

स्वास्थ्य जाँच गराएका मध्ये ५ जना महिलाहरुको पाठेघर खस्ने समस्या देखिएको छ । ५ जना मध्ये ३ जनाको अप्रेसनका लागि काठमाडौँमा रिफर गरिएको क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्र कडरियाले जानकारी दिए ।
शिविरमा चैनपुर, ढोला, खरी लगायत आसपासका गाविसका स्थानीयहरुको सहभागीता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: