Mon. May 12th, 2025

पहिरोका दुई हिरोहरु

सरिता श्रेष्ठ / २० असार,  धादिङ – यी हुन् प्रहरी हवल्दार रुद्र कुमाल र प्रहरी जवान सन्दिप कुमाल ।

police 1

विकट उत्तरी धादिङको रि गाँउ विकास समितिको वडा नं ९ चेप्राङमा गत असार १६ गते गाँउ नै ढाकिने गरि चारैतिरबाट पहिरो आएपछि उनीहरुले ज्यानको बाजी राखेर गाँउलेहरुको उद्दार गरे । चारैतिरबाट पहिरो गइ ८ घरका २१ जना विस्थापित भएका थिए । विस्थापित परिवारलाई उद्धार गर्न जिल्ला प्रहरी कार्यालय धादिङबाट ३ दिनको र ईलाका प्रहरी कार्यलय दार्खाबाट १ दिनको पैदल यात्रा पार गरेर सफल भएका थिए । 

?????????????

धादिङबेसीबाट ३ दिनको पैदल दुरीमा पुग्न सकिने उत्तरी धादिङको विकट गाविस रिमा २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले सबैभन्दा बढी क्षति गराएको छ । यसै गाविसका विभिन्न ठाँउहरुमा पहिरो गएर स्थानीयहरु विस्थापित हुनु परेको छ ।

?????????????

गाँउ छिर्ने कुनै बाटो नभएकोले भिर र पहिरोको बाटो प्रयोग गरी बुट्यान समाउदैं चेप्राङ गाँउमा पुगे र त्यहाँ रहेका २१ जना मध्ये हिंडन सक्ने १४ जना ( पुरुष ४, महिला ५, बालक २, अपाङ्ग बालक १, बालिका १, अपाङ्ग बालिका १) लाई उद्धार गर्न सफल भए ।

police-samman
आफ्नो जिउ ज्यानको समेत प्रवाह नगरी अत्यन्त जोखिमपुर्ण ठाँउमा गई साहसीपुर्ण काम गरी सिङ्गो नेपाल प्रहरी संगठनको छवि उच्च राख्न सफल भएकामा खुसी व्यक्त गरिएको छ । साहसिक कार्य गर्ने दुई जना लगायत प्रहरी टिमलाई जिल्ला प्रहरी कार्यलय धादिङले एक कार्यक्रमको आयोजना गरि सोमबार नगद सहित सम्मान गरेको छ ।

“ज्यानको बाजी राखेर उद्दार ग¥यौँ ” 

प्रहरी हवल्दार, रुद्र कुमाल
प्रहरी हवल्दार, रुद्र कुमाल

जब रीको चेप्राङमा पहिरो गएको खबर हामीले थाहा पायौँ । हामी पनि आत्तियौँ, तत्काल उद्दार गर्न हामी कस्सियौँ । मेरै नेतृत्वमा ५ जनाको टोली गयौँ । हात खुट्टा टेक्दै, लहरामा समाउदै, ढुङगा पन्छाउदै त्यस ठाँउमा पुग्यौँ । पटक पटक पीडितहरुको उद्दार गर्न लाग्यौँ । पहिरो गएकै दिन १४ जनाको उद्दार गर्न सफल भयौँ । त्यसपछि अपांग, बिरामी तथा बालबािलकाहरुको उद्दारमा समस्या भयो । हेलिकप्टरले पनि पटक पटक प्रयास गरे तर सकेन । हामी त्यहाँ पुग्न सफल भयौँ । त्यहाँ पुगेपछि स्थानीयहरु खुसी भए । अब त उद्दार हुन्छ की भन्ने आशा गरे । हामीले पनि कठिन परिस्थितिका बाबजुत उद्दार गर्न सफल भयौँ । डेढ घण्टाको बाटो र १५ मिनेटको पहिरो पार गर्दै पीडितहरुको उद्धार गर्न पाउँदा खुसी लागेको छ । हामी देशको माटोलाई कस्सम खाएर देश र जनताका लागि लड्ने मान्छे हामीले आज यस्तो काम गर्न पाउदा एकदमै खुसी लागेको छ । ज्यानकै बाजी राखेर पहिरोसँग गरेका यी प्रहरीलाई सोमबार जिल्ला प्रहरी कार्यलय धादिङले नगद सहित सम्मान गरेको छ ।
“देशकै लागि ठूलो काम गरे” 

प्रहरी जवान सन्दिप कुमाल
प्रहरी जवान , सन्दिप कुमाल

हाम्रो ठाँउबाट पहिरो गएको चेप्राङ गाँउ जान डेढ घण्टाको समय लाग्थ्यो । सीमसीम पानी परिरहेको थियो । हाम्रो टोली चेप्राङतिर कस्सियौँ । पहिरोबाट हामी जान सकेनौँ । हाम्रो टोलीका केही साथीहरुले जान नसक्ने कुरा गरे । केही साथीहरु त्यहि नै बसे हामी दुई प्रहरी हवल्दार रुद्र कुमाल र म बिस्तारै ढुङगाहरु पन्छाउदै उद्दारका लागि खटियौँ । जब हामी गाँउमा गयौँ उनीहरु धेरै खुसी भए । उद्दारका लागि हारगुहार मागिरहेको पीडितहरु अब उद्दार हुन्छ की भन्ने आशामा रहे । पहिरोको पीरले दुई, तीन दिनसम्म पनि खाना नखाई बसेका थिए । उनीहरुलाई अगाडि लगाउदै एकदुई जना गर्दै पहिरोबाट पार गर्न सफल भयौँ । दुई जनाले १४ जनाको उद्दार गर्न पाउदाँ मनमा खुसी लागेको छ । देशकै लागि ठूलो काम गरे जस्तो लाग्यो । मैले आज आफ्नो जिम्मेबारी पूरा गरेको जस्तो लागे । प्रहरीमा लागेको ११ वर्ष भयो । पहिरो पटक यस्तो साहसिक काम गरे । खुसी लागेको छ ।

About The Author

अन्य समाचारहरु: