२१ असार काठमाडौं–मापदण्ड विपरीत सिलिन्डर उत्पादन गर्ने ग्यास उद्योग खारेज गर्ने तयारी गरिएको छ । सिलिन्डर रिफिलिङ गर्ने निजी ग्यास उद्योगीले बजारमा एकाधिकार कायम गरी गुणस्तरहीन सिलिन्डर उत्पादन गरे खारेज गर्नेसम्मको नीति ल्याउने तयारी सरकारले गरेको हो ।
निगमका प्रवन्ध निर्देशक गोपाल खड्काका अनुसार नेपालमा ५५ वटा ग्यास सिरफिलिङ गर्ने बोटलिङ प्लान्ट छन् । ठूलो संख्यामा उद्योग भएपनि सुरक्षाको भरपर्दौ आधार पालना नगरेको र उपभोक्ताको मागअनुसार ठूलो परिणाममा सिलिन्डर समेत उत्पादन नगरेकाले यस्ता उद्योगलाई लगाम लगाउने तयारी गरिएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट ।