२१ असार, प्यूठान- अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर गएराति प्यूठानमा दुई परिवारका ८ जनाको जनाको मृत्यु भएको छ ।
पहिरोले घर पुरिँदा प्यूठानको रजवारा गाविस वडा नं। ३ नेटाका दुर्गबहादुर मल्ल, उनको श्रीमती सीता, छोरीहरु सुशिला, लेखा र सिर्जनाको घटना स्थलमै मृत्यु भएको हो ।
छिमेकीको घरमा बस्न गएका छोरा बसन्त र अर्का एक छोरी भने सकुसल छिन् ।
त्यस्तै पूँजा गाविस वडा नं। ३ बाग्लीवाङ्गमा हुमबहादुर सुनार उनको श्रीमती र ७ वषिर्य छोरीको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ ।घटना स्थल प्यूठान जिल्ला सदरमुकामबाट १७ कोष टाढा पर्दछ ।