Sat. Jul 27th, 2024

उत्तरी धादिङमा बुद्धलाबी गुम्बाको उद्घाटन

१६ पुस, धादिङ  – उत्तरी धादिङको मुलपानी गाउँ विकास समिति वडा नम्बर ७ मा निर्माण गरिएको बुद्धलाबी गुम्बाको उद्घाटन गरिएको छ ।

तमुहरुको महान पर्व ल्होसारको अवसर पारेर बुधबार एक कार्यक्रम गरी धादिङ क्षेत्र नम्बर १ का सभाषद धनबहादुर घले, सभाषद परशुराम तामाङ लगायत धर्मगुरुहरुले गुम्बाको संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

गुम्बा उद्घाटन कार्यक्रममा बोल्नुहुँदै सभाषद घलेले धार्मिक सहिष्णुतालाई खल्बलिन दिन नहुने बताउनुभयो । नेपालमा वर्षाैदेखि रहँदै आएको धार्मिक सहिष्णुता जोगाउन गाउँ गाउँमा स्थापना गरिएको गुम्बाहरुले सहयोग पु¥याउने बताउनुभयो । धार्मिक सहिष्णुता नेपालको पहिचान भएकोले यसलाई कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

अर्का सभाषद परशुराम तामाङले धार्मिक सहिष्णुता, एकता र अखण्डतालाई कायम राख्नुपर्ने बताउनुभयो । नेपाललाई धर्म निरपेक्ष मुलुक घोषणा गरिएपनि एक धर्मले अर्काे धर्मको अपमान गर्ने, जबरजस्ती धर्म परिवर्तन गराउने कार्य गर्न नहुने बताउँदै उहाँले यस्ता कार्यले धार्मिक द्धन्दको सिर्जना गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस धादिङका सचिव भक्त बहादुर लामा, नेकपा एमालेका रामहरि अधिकारी लगायत राजनीतिक दलका नेताहरुले नयाँ संविधान निर्माणका क्रममा पनि धार्मिक मुद्धालाई नकारात्मक रुपमा उठाउनु नहुने धारणा राख्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै धादिङका स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङले सरकारले गुम्बा विकास कार्यक्रम स्थापना गरी काम अघि बढाइरहेको जानकारी गराउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, गैर सरकारी सस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्याल, आदिवासी जनजाती जिल्ला समन्वय समिति धादिङका उपाध्यक्ष अक्कल बहादुर तामाङ, र्धम गुरु गंगा लामा लगायतले बुद्धको जन्म स्थल नेपालमा बुद्धको प्रतीक राखेर गुम्बाहरु निर्माण भइरहँदा समाजमा शान्ति स्थापनामा सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरेका छन् । कार्यक्रमकैबीच पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विशेष सहयोगमा निर्माण सुरु गरिएको गुम्बा निर्माण सम्पन्न गर्न सहयोग गर्नेहरुलाई सम्मान गरिएको छ । गुम्मा निर्माणको लागि मन्त्रालय, जिल्ला विकास समिति, विभिन्न गाउँ विकास समिति र विभिन्न व्यक्तिहरुको सहयोग गरी कुल १४ लाख ५० हजार लगानी भएको गुम्बा व्यवस्थापन समितिले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: