Sat. Jul 27th, 2024

अंग्रेजी नयाँ वर्ष २०१५ बिहीबारबाट सुरु

new year 2015

१७ पुस, धादिङ  – इस्वी संवतको नयाँ वर्र्ष सन् २०१५ विहिबारदेखि सुरु भएको छ ।

अंग्रेजी नयाँ वर्र्षको अवसरमा विश्वका धेरै देशमा जस्तै नेपालमा पनि शुभकामना आदानप्रदान कार्यक्रम भइरहेका छन् ।

 
इसाई धर्मका संस्थापक यशु खिष्टको सम्झनामा यो संवत् सुरु गरिएको हो । तत्कालीन समाजमा भएका अन्यायलाई प्रेम र स्नेहले जितेर मानवलाई सत्कार्यमा लाग्न अभिप्रेरणा दिएका यशुलाई ईसाई धर्माबलम्वीले भगवानका रुपमा आस्था प्रकट गर्ने गरेको पाइन्छ । नयाँ वर्र्षमा इसाईले यशुको सम्झना गर्दै विशेष किसिमको अङगुरको रस र रोटी खाने प्रचलन रहेको पाइन्छ ।

 
विश्वव्यापीकरणको प्रभाव र हर्षोल्लासका दृष्टिले इस्वी संवतको यो नयाँ वर्र्ष नेपालमा पनि शुभकामना आदानप्रदान गरी मनाइने गरिन्छ । खासगरी युवा पुस्तामा अंग्रेजी नयाँ वर्र्ष लोकप्रिय बनेको छ । युवा पुस्ताहरु नयाँ वर्षको अवसरमा घुमफिर, शुभकामना आदानप्रदान तथा रमाइलो गर्ने गर्छन् ।

 
नयाँ वर्षको अवसरमा टेलिफोन, भेटघाट, एसएमएस र सामाजिक सञ्जाल मार्फत नेपालीहरुले पनि विहानैदेखि शुभकामना आदान प्रदान गरिरहेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: