Thu. May 15th, 2025

धादिङबेसीमा २ दिनका लागि विद्युत आपूर्ती बन्द

electric-lineरेखबहादुर गुरुङ / २२ असार,  धादिङ –  बुधबार विहानदेखि धादिङबेसी सबस्टेशनबाट संञ्चालित स्थानहरुको विद्युत आपूर्ती दुई दिनका लागि बन्द भएको छ ।

बुधबार बिहान ५ बजेदेखि बिहिवार राती १२ बजे (४८ घण्टा) सम्म विद्युत आपुर्ती बन्द हुने बताईएको छ । धादिङबेसी सवस्टेसनको ३ एमभिए पावर ट्रान्सफर्मरको क्षमतावृद्धि गरि ८ एमभिएको पावर ट्रान्सफर्मर जडान गर्ने कार्य भएको हुँदा विद्युत आपुर्ती बन्द भएको नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ ।

विद्युत आपूर्ती बन्द हुँदा ग्राहक महानुभावहरुमा पर्न गएको असुविधा प्रति क्षमा माग्दै तोकिएको समय अगावै काम सकिएमा विना सुचना लाईन सुचारु गरिने विद्युत प्राधिकरणले जानकारी गराएको छ ।

About The Author

अन्य समाचारहरु: