Sat. Jul 27th, 2024

‘नेपाललाई हिन्दु राष्ट्र घोषणा गर’ : कमल थापा

Copy of snapshot20141231231146

१७ पुस धादिङ- देशमा अहिले सर्व साधारण जनताहरुलाई डर, त्रास, र धम्किदेखाउदै  विदेशी धर्म र संस्कृतीलाई जवजस्ती लाद्ने काम भई रहेको भन्दै नेपालमा धर्म निरपेक्षेता खारेज गरी देशलाई सनातन हिन्दु राष्ट्र घोषण गर्नु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बताउनु भयो ।

 
नेता थापाले त्यस्ता विदेशी धर्म संस्कृतीको प्रचार प्रसारलाई तत्काल रोक्नु पर्ने बताउदै उहाँले २०६३ जेठ ४ गते देशमा नेपाली जनताको ईच्छा र चाहाना विपरीत धर्म निरपेक्षेता घोषण गरेको आरोप समेत  लगाउनु भयो ।

 
सबै भन्दा  धेरै एकासी प्रतिसत हिन्दु धर्म मान्नेहरुको बाहुल्यता भएको एक मात्र राष्ट्र नेपाल कदापी धर्म निरपेक्षता नहुने भन्दै हिन्दु सपेक्ष राष्ट्र हुनु पर्ने र अब देशमा जनताहरुले हिन्दु राष्ट्र चाहेको पनि बताउनु भयो ।

उहाँले सो कुरा मेची महाकाली श्री पशुपतीनथा संकल्प रथ यात्राका क्रममा धादिङको गजुरीमा बताउनु भएको हो । उहाँले आज यात्राका क्रममा  धादिको गजुरी स्थित आफ्ना समर्थकहरुलाई सम्वेदन गर्ने क्रममा सो कुरा बताउनु भएको हो । नेता थापाको रथ यात्रा आज नै पृथ्वी राजमार्ग हुदै राजधानी प्रवेस गर्नु भएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: