४ साउन, धादिङ – उन्नत बोकाको खोर निर्माणसम्बन्धी तालिम सोमबार धादिङको जिवनपुर गाऊँ विकास समिती वडा नंबर ३ गाविस भवनमा सम्पन्न भएको छ ।
तालिममा बाख्रा पालनको महत्व, आहार व्यवस्थापन, खोर निर्माण लगायतका विषयमा जानकारी गराइएको थियो । तालिममा उठेका विषयवस्तु माथी नायव पशुसेवा प्राविधिक सुवास खतिवडा र एक्सन नेपालका सिविल इन्जिनियर सन्तोष छत्कुलीले जानकारी गराएका थिए ।
तालिममा प्रत्येक वडाका ३/३ जना गरि जम्मा २७ जनाको सहभागिता रहेको थियो । तालिमकै अवसरमा खोर निर्माणका लागि आवश्यक पर्ने जस्तापाता, बाँस, किलाकाँटी लगायतका सामाग्रीसमेत वितरण गरिएको छ ।
एक्सन नेपाल र वल्ड भिजनको साझेदारीमा संचालित भुकम्प प्रतिकार्य जिविकोपार्जन कार्यक्रम अन्तर्गत तालिम संचालन गरिएको हो ।