Sat. Jul 27th, 2024

भात गाउँले टोपी लगाएर धादिङबाट फर्किए प्रचण्ड

शंकर श्रेष्ठ

prachanda topi.psd
१७ पुष, धादिङ- नेपाल र नेपालीप्रति गम्भीर र संवेदनशिल बन्न धादिङबासीले राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् ।

नेपाली पोसाक दिवसको अवसरमा आज धादिङबेसीमा आयोजित एक कार्यक्रममा श्रद्धावान नेपालले धादिङ बासीको तर्फबाट दलका प्रमुख एवं प्रतिनिधिहरुलाई भादगाउँले टोपी लगाइदिँदै यस्तो आग्रह गरेका हुन् । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभाषद गुरुप्रसाद बुर्लाकोटी, रविन्द्रप्रताप शाह, पूर्व मन्त्री मन्त्री कल्पना धमला, एमाले केन्द्रिय सदस्य खेमप्रसाद लोहनी, कांग्रेस नेता रामनाथ अधिकारी लगायत दलका नेताहरुलाई टोपी लगाइदिँदै राष्ट्रिय झण्डा उचालेर सम्मान गरेका छन् ।

नेपाली सस्कृतीलाई संक्रमणबाट जोगाउन र संरक्षण एवं प्रवद्र्धन गर्न राष्ट्रिय पोषाक दिवस मनाउन थालिएको हो । देशको संस्कृति र नेपाली भेषभुषाको जगेर्ना, नेपाली पोसाकको महत्वलाई कायम राख्दै राष्ट्रभावको विकास गर्ने प्रयत्न स्वरुप आज नेताहरुलाई टोपी लगाइदिएको श्रद्धावान नेपालका कार्यकारी निर्देशक श्याम बजगाइले बताउनुभयो ।

धादिङबेसीमा जारी मध्यमाञ्चल क्षेत्रिय मेला तथा चौथो धादिङ महोत्सव समापनको लागि धादिङ आउनुभएका प्रचण्ड टोपी लगाइदिँदै धादिङबासीहरुले माघ ८ भित्रै संविधान जारी गर्न समेत आग्रह गरेका छन् । पौष १७ गतेलाई प्रस्तावित नेपाली पोसाक दिवसको रुपमा मनाइदै आएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: