Sat. Jul 27th, 2024

काङ्ग्रेस एमालेले त्याग गर्न सके मात्र माघ ८ मा संविधान : प्रचण्ड

prachanda

१७ पुस, धादिङ – चार दिन भित्र प्रमुख राजनीतिक दल बीच सहमति जुट्न नसके माघ ८ मा नयाँ संविधान जारी गर्न नसकिने एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।
संविधान निर्माणको लागि अब चार दिनभित्र राजनीतिक सहमति गर्न सभामुखले कार्यपरामर्श समितिको बैठकमा समय दिएको बताउँदै प्रचण्डले सहमति नभए माघ ८ भित्र संविधान नबन्ने बताउनुभयो ।
पुष ७ गतेदेखि धादिङबेसीमा जारी मध्यमाञ्चल क्षेत्रिय मेला तथा चौथो धादिङ महोत्सव समापन गर्नुहँदै अध्यक्ष प्रचण्डले सहमतिका निम्ती सबै राजनीतिक दलहरुले आ–आफ्नो ठाउँबाट त्याग गर्न सकेमात्र माघ ८ भित्र संविधान जारी गर्न सम्भव रहेको जिकिर गर्नुभयो ।
‘सहमतिको निम्ती सबैले आ आफ्नो ठाउँबाट त्याग गर्न तयार भयौ भने चार दिन सहमतिको निम्ति प्रयाप्त छ, प्रचण्डले भन्नुभयो– ‘चार दिनभित्र सहमति हुने वित्तिकै माघ ८ गते भित्र फस्ट ट्रयाक रुटबाट गएर संविधान घोषणा गर्न सम्भव छ ।’ संंविधान जारी गर्नका लागि आ–आफ्नो ठाउँबाट प्रर्याप्त लचकता र जिम्मेवारी प्रदर्शन गर्ने ऐतिहासिक आवश्यकता रहेको उहाँले बताउनुभयो ।
देशलाई नयाँ संविधान दिने विषयमा माओवादीहरुले ठूलो मुल्य चुकाएको स्मरण गराउँदै प्रचण्डले नेपाली काङ्ग्रेस र नेकपा एमालेले पनि आफ्नो ठाउँबाट त्याग गर्न आवश्यक रहेको ठोकुवा गर्नुभयो । सबै पार्टीले त्याग गर्ने हो भने सहमतिबाट संविधान बनाउन आफु प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।
मेला समापन कार्यक्रममा बोल्दै धादिङ क्षेत्र नम्बर २ का सभाषद गुरुप्रसाद बुर्लाकोटी, सभाषद रविन्द्रप्रताप शाह, पूर्व मन्त्री कल्पना धमला, एमाले केन्द्रिय सदस्य खेमप्रसाद लोहनी, कांग्रेस नेता रामनाथ अधिकारी लगायतका नेताहरुले माघ ८ भित्र संविधान जारी गर्ने काममा लाग्न प्रचण्ड आग्रह गरेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: