Fri. May 16th, 2025

नक्कली एटीएम कार्ड बनाएर पैसा झिक्ने पक्राउ

६ साउन, काठमाडौं- नक्कली एटीएम कार्ड बनाएर पैसा झिक्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुबाट सर्भर हृयाक गर्ने मेसिन र पाँचवटा एटिएम कार्ड पनि बरामद भएको छ ।  पक्राउ पर्नेमा विराटनगर घर भएका कोषराज भट्टराई र दोलखा घर भएका लीलाबहादुर बाँण छन् ।

झन्डै नै महिनादेखि उनीहरुले पोखराका विभिन्न स्थानबाट नक्कली एटीएम कार्ड प्रयोग गरी पैसा झिक्दै आएका थिए ।

प्रहरीका अनुसार उनीहरुले अरुको खातको पैसा आफ्नो क्रेडिट कार्डमा सार्नेसमेत गर्दथे ।

सो अवधिमा उनीहरुले पाँच लाखभन्दा बढी रुपैयाँ ठगी गरेको पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक श्यामु अयालले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

About The Author

अन्य समाचारहरु: