Fri. May 16th, 2025

‘भदौभित्र स्थानीय निकायको सीमा निर्धारण हुने’

६ साउन विराटनगर-  स्थानीय निकाय तथा पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले स्थानीय तहको सङ्ख्या र सीमा निर्धारण कार्य आगामी भदौ ंमसान्तभित्र सम्पन्न हुने बताएका छन् ।

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले साउन मसान्तसम्ममा स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले प्रतिवेदन दिने र सोही आधारमा छलफल र अन्तक्र्रिया गरी सरकारसमक्ष प्रस्ताव पेस गरिने जानकारी दिए ।

मुलुकभर ५६५ वटा स्थानीय एकाइ रहने गरी आधार, सूचक र मापदण्ड तयार गरिसकेको जानकारी गराए ।  उनले स्थानीय विकास अधिकारीको नेतृत्वमा स्थानीय तहको पुनः संरचनाको काम हुने र यसका लागि सरोकारवालासँग छलफल गरेर आयोगमा सिफारिस गर्न निर्देशन दिइएको उल्लेख गर्नु गरे ।  रासस

About The Author

अन्य समाचारहरु: