Sat. May 24th, 2025

बोक्सी भन्दै महिलालाई दुब्र्यवहार गर्नेहरु प्रहरी नियन्त्रणमा

७ साऊन, धादिङ- सल्यानमा बोक्सी भगाउने भन्दै एक महिलालाई दुब्र्यवहार गर्ने सल्यान कुपिण्डे ४ का ५ जनालाई जिल्ला प्रहरी कार्यालय सल्यानले नियन्त्रणमा लिएको छ । कुपिण्डे ४ की १९ बर्षिया एक महिलालाई बोक्सीको आरोपमा शारिरिक तथा मानसिक यातना दिएको आरोपमा रुपलाल दमाई, गंगा दमाई, लाली पुन, रुपा थापा र पिमकली बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुले गत जेठ २३ गते पिडीत महिलालाई बोक्सी भन्दै जंगलमा लगेर सिस्नुपानी लगाउनुका साथै दिसा समेत खुवाएका थिए । डेढ महिना अघिको घटना भएपनि विदेशमा रहेका श्रीमान घर फर्किएपछि ढिलोगरी सार्वजनिक भएको हो । पिडित महिलाले आफुलाई अभियुक्तहरुले जबरजस्ती दिसा खुवाएको आरोप लगाएका छन् ।

उता पक्राउ परेकाहरुले भने दिसा लगिएको भएपनि जबरजस्ती नगरेको बताएका छन् । घटना लगत्तै पिडित महिला विरामी परेपछि परिवारले घटना सार्वजनिक गरेको हो ।

About The Author

अन्य समाचारहरु: