Sat. Jul 27th, 2024

पत्रकारलाई सहकारीको सहयोग

samman
१९ पुस, धादिङ – ऋण तथा बचतको कारोबार गर्दै आएको श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाले नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको भवन निर्माणको लागि आर्थिक सहयोग उलपब्ध गराएको छ ।

शनिबार धादिङबेसीमा आयोजित एक कार्यक्रमकाबीच सहकारीका अध्यक्ष नवराज शर्माले पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीलाई नगद ५ हजार रुपैया हस्तान्तरण गर्नुभयो । महासंघले सदरमुकाम धादिङबेसीमा निर्माण सुरु गरेको भवन रकम अभावका कारण सम्पन्न हुन सकेको छैन ।

विभिन्न सामाजिक क्रियाकलापमा सक्रियता देखाउदै आएकोमा यस पटक पत्रकारहरुको संस्थागत भवन निर्माणको लागि सहयोग गरेको सहकारीका अध्यक्ष शर्माले बताउनु भयो ।

About The Author

Loading...

अन्य समाचारहरु: