११ साउन धादिङ – पृथ्वी राजमार्ग अन्र्तगत धादिङको पीडा गाँउ विकास समितिको वडा नं २ गलैदीमा मंगलबार ट्रक र बस एक आपसमा ठोक्कीदाँ ५ जना घाइते भएका छन् ।
काठमाडौँ देखि पूर्वतर्फ जाँदै गरेको ना ५ ख ४७७६ नम्बरको यात्रुबाहक बस र काठमाडौँ तर्फ जाँदै गरेको आर जे ०५ जी ए नम्बरको इन्डिएन ट्रक एक आपसमा ठोक्किएको थियो ।
दुर्घटनामा परी घाइते भएका मध्ये एकको अवस्था गम्भिर रहेकोले उपचारका लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ । अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।