Sat. Jul 27th, 2024

श्रोत एक्सप्रेस सेवा सुरु

remetance

१९ पुस, धादिङ- सदरमुकाम धादिङबेसीमा संचालित श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाले रेमिट्यान्स सेवा सुरु गरेको छ ।

यस वर्षको सफल सहकारीको ब्राण्ड पाएको सहकारीले सेयर सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै श्रोत एक्सप्रेस नामबाट रेमिट्यान्स सेवा सुरु गरेको हो । धादिङबेसीमा रेमिट्यान्स सेवा दिने पहिलो सहकारी श्रोत परिचालन सहकारी हो ।

सहकारीले प्रभु मनी ट्रान्सफर (प्रमु रेमिट्स) र इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) संग भुक्तानी संझौता गरेर अन्यत्रबाट पठाएको रकम निकाल्न मिल्ने र रकम पठाउन मिल्ने व्यवस्था मिलाएको सहकारीका अध्यक्ष नवराज शर्माले बताउनुभयो ।

विदेशबाट प्रभु रेमिट्स र आईएमई मार्फत पठाएको रकम श्रोत एक्सप्रेसबाट सजिलै भुक्तानी लिन सकिने शर्माले जानकारी दिनुभयो । सहकारीले छिट्दै अन्य रेमिट्स सेवा प्रदायक कम्पनीहरुसंग पनि सम्झैता गरेर सेवा विस्तार गर्न लागेको पनि उनले जानकारी दिनुभयो ।

हाल सहरकारी संचालनमा रहेको स्थानबाट नै रेमिट्यान्स सेवा दिने सहकारीका ऋण सहायक पार्वती श्रेष्ठले बताउनु भयो । सहकारीले शनिबार आफ्नै भवनमा पत्रकार सम्मेलन गरेर सेवा सुविधाको बारेमा जानकारी गराएको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: