Fri. May 16th, 2025

नलाङमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना

melmilap-kendra
१२ साउन,  धादिङ – धादिङको नलाङ गाउँ विकास समितिमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना भएको छ ।

स्थानीय स्तरका विवाद स्थानीय स्तरमा समाधान गर्ने उद्देश्यका साथ जिल्लामा सुरु भएको सामुदायिक मेलमिलाप कार्यक्रम अन्तर्गत नलाङ गाउँ विकास समिति वडा नम्बर ५ ठाँटी भञ्ज्याङ्गमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना भएको हो । नलाङ गाउँ विकास समितिका सचिव सूर्यपं्रसाद देवकोटाले मंगलबार एक कार्यक्रमका बीच सामुदायिक मेलमिलाप केन्द्र नलाङको उद्घाटन गरे ।

युएसएआईडिको सहयोगमा कानून अन्वेषण तथा स्रोत विकास केन्द्र सेलर्डले सञ्चालन गरेको साझेदारी विकास परियोजना अन्तर्गत नलाङ गाउँ विकास समितिमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरिएको हो । सामुदायिक मेलमिलाप केन्द्र नलाङका संयोजक कमलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले नलाङका अध्यक्ष चन्दं्रप्रसाद सिलवाल, कानून अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) धादिङका जिल्ला प्रशिक्षक सानुबाबु तिमिल्सिना लगायत नलाङ गाउँ विकास समितिका तालिम प्राप्त मेलमिलापकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै गाविस सूर्यप्रसाद देवकोटाले स्थानीय स्तरका विवाद स्थानीय स्तरमै समाधान गराउने उद्देश्यले गठन गरिएका यस्ता मेलमिलापकेन्द्रहरुको महत्वपूर्ण भूमिका हुने भन्दै मेलमिलापक केन्द्रबाट निष्पक्ष रुपमा विवाद छिनोफानो हुने समेत अपेक्षा गरे । उनले मेलमिलाप केन्द्र सञ्चालनमा गाविसको सहयोग समेत हुने धारणा राखे ।

यसबीच नेकपा एमाले नलाङका अध्यक्ष चन्द्र प्रसाद सिलवालले सामुदायिक मेलमिलाप केन्द स्थापना भएकोमो स्वागत गर्दै गाउँमा देखिने विवादहरुको समाधानमा यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राख्दै निष्पक्ष ढंगबाट विवाद समाधान गर्न मेलमिलाकर्ताहरुलाई सुझाव दिए ।

साथै उनले मेलमिलाप केन्द्र सञ्चालनका लागि पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । यसैबीच सेलर्ड धादिङका जिल्ला प्रशिक्षक सानुबाबु तिमिल्सिनाले मेलमिलाप केन्द्रको महत्व र फाईदाका बारेमा आफ्ना भनाई राख्दै तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न सुझाव दिए । यसअघि सो गाविसबाट छनौट भएका मेलमिलापकर्ताहरुलाई सदरमुकाम धादिङवेसीमा आठ दिने आधारभूत मेलमिलापक तालिम प्रदान गरिएको थियो ।

About The Author

अन्य समाचारहरु: