Fri. May 16th, 2025

अस्ट्रेलिया पठाइदिने भन्दै लाखौँ ठगी गर्ने नुवाकोट एक व्यक्ति पक्राउ

१३ साउन धादिङ– बैदेशिक रोजगरीको लागी अष्ट्रेलिया पठाईदिने भनेर ठगी गर्ने नुवाकोटका एक व्यक्तिलाई प्रहरीले प्रक्राउ गरेको छ । अस्ट्रेलियामा रोजगारीको लागि पठाइदिने भन्दै ठगी गर्ने नुवाकोट काउली गाविस–१ का विनोद अधिकारीलाई प्रहरीले बुधबार  पक्राउ गरेको हो ।

नुवाकोट काउली गाविस–१ का रामजी अधिकारी, विनोद अधिकारी र तेह्रथुम सुडाप–४ का आङखेवा लिम्बुले म्याग्दीका विष्णु मल्ललगायतका व्यक्तिलाई अस्ट्रेलिया पठाई रोजगारी लगाइदिने भनी रु पाँच लाख ८० हजार लिएकोमा रोजगारीमा नपठाई सम्पर्कविहीन भएपछि पीडितको उजुरीका आधारमा विनोदलाई प्रहरीले काठमाडौं बालाजुबाट पक्राउ गरेको जनाएको छ ।

कन्सलटेन्सीले गैह्रकानुनीरूपले अस्ट्रेलिया पठाई कार्गोमा लोडअनलोडको जागिर लगाइदिने भन्दै मोहन कार्कीबाट रु चार लाख, कृष्णा लामिछानेबाट रु पाँच लाख, राजन गौतमबाट रु तीन लाख, दीपक पन्तबाट रु एक लाख ५० हजार तथा राजन महर्जन, घनश्याम सापकोटासमेतबाट रकम लिई प्रतिव्यक्ति रु आठ लाख लाग्ने भनी रकम लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: