Sat. Jul 27th, 2024

सिभिक डेभलपमेण्ट बैंकको अध्यक्षमा पुन : श्रेष्ठ

 

civic

धादिङ जिल्लालाई मात्र कार्य क्षेत्र बनाएर स्थापना गरिएकोे सिभिक डेभलपमेण्ट बैंक लि. धादिङको पाँचौ साधरण सभाले पुन नारायण कुमार श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

यसै गरी सदस्यहरुमा क्रमशः गजेन्द्र मान श्रेष्ठ, टंक कुमार श्रेष्ठ र गकुल प्रसाद रुवाली निर्विरोध निर्वाचित भएका छन् । साधारण सभामा आर्थिक वर्ष २०७०/०७१ मा ४ करोड ७९ लाख ३५ हजार व्याज आम्दानी र ७७ लाख ११ हजार अन्य आम्दानी गरी जम्मा ५ करोड ५६ लाख ४५ हजार आम्दानी भएको जानकारी गराइएको छ । त्यस्तै रु.२ करोड ३२ लाख ३६ हजार व्याज खर्च, कर्मचारीमा ६७ लाख ८ हजार र अन्यमा रु.१ करोड १० लाख २८ हजार गरी जम्मा रु.४ करोेड ९ लाख ७३ हजार खर्च भई जम्मा रु.१ करोड ५६ लाख १५ हजार नाफा भएकोमा कर्मचारी बोनस र आयकर पश्चात खुद नाफा रु.९९ लाख ३९ हजार भएको वैंकका अध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनु भयो ।

सभाले शेयरधनीहरुको लागि १५.७९ प्रतिशत नगद लाभांश दिने निर्णय समेत गरेको छ । जिल्लाको एकमात्र “ख” वर्गको विकास बैंकको शनिवार सम्पन्न पाँचौं वार्षिक साधारणसभामा आर्थिक वर्ष २०७०/०७१ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोको अनुसूचीहरु पारित गरेको छ । यसैगरी साधारण सभाले २ः१ को अनुपातमा हकप्रद शेयर निश्काशन गर्ने निर्णय गरेको छ ।

धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको बीच बजारमा केन्द्रीय कार्यालय र बैरनी तथा आरुघाटमा शाखा कार्यालय संचालनमा रहेको छ । सल्यानटार, आदमघाट र धादिङबेसीको पुच्छार बजारमा एक्सटेन्सन् काउण्टर संचालनमा रहेको छ भने बैरेनी गाँउ विकास समितिको गल्छीमा र धादिङबेसीको सिरानबजारमा सीमित बैंकिङ इकाई समेत संचालनमा रहेको छ ।

वैकले विपन्न महिलाहरुलाई “लघुवित्त स्वरोजगारको लागि, स्वरोजगार गरीवी निवारणको लागि” भन्ने नाराको साथ सांध भन्ज्याङ्ग, टोडके, खहरे, बैरेनी, गल्छी, आदमघाट, सल्यानटार, धादिङ्गबेसी र मलेखुमा लघुवित्त कार्यक्रम समेत संचालनमा रहेको छ । बैंकको अधिकृत पूंजी रु.१० करोड, जारी पूंजी रु.५ करोड र चुक्ता पूंजी रु.५ करोड रहेको छ ।

 

About The Author

Loading...

अन्य समाचारहरु: