१६ साउन, मकवानपुर -मकवानपुरको मनहरी -३ रमनटारमा आइतबार बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा ६ जनाको घटनास्थल, २ जनाको अस्पताल लैजाने क्रममा र एक जनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
काठमाडौंबाट गाइघाटतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काकडभिट्टाबाट काठमाडौं गइरहेको ना ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।
मृतकमध्ये उदयपुरको त्रियुगा नगरपालिका– १० का १० वर्षे बालक मणिरत्न चौधरी, २५ वर्षे विनोद चौधरी, सन्तोष चौधरी, काठमाण्डौका लक्ष्मीप्रसाद अधिकारी र २७ वर्षे सन्तोष चौधरीकोे मात्र सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते ३१ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।