१७ साउन, धादिङ – शिक्षा ऐ न आठौँ संशो धन भई पारि त भएपछि पहिलो कार्यान्वयनको चर ण सामुुदायिक विद्यालयहरुबाट सुरु भएको छ ।
संशो धित शिक्षा ऐ न कार्यान्वयनका लागि सबै सामुदायिक विद्यालयमा स् थापना भएका विद्यालय व्यवस् थापन समिति विघटन गरि एको छ । धादिङ जिल्लामा रहेका ५ सय ७७ विद्यालयमा गठित व्यवस्थापन समिति विघटन भएका छन् । यी विद्यालयहरु मध्ये ४ प्रतिशत विद्यालयमा व्यवस्थापन समितिको कार्यअवधि समाप्त भएका थिए ।
जिल्लाभर ३ सय ७० प्राथमिक विद्यालय, ८० वटा निम्न माध्यमिक विद्यालय, ७७ वटा माध्यमिक विद्यालय र ५० वटा उच्च माध्यमिक विद्यालय रहेकोमा त्यहाँ रहेको सम्पूर्ण व्यवस्थापन समिति विघटन भएको जिल्ला शिक्षा अधिकारी गणेश ढकालले जानकारी दिए ।
विद्यालय व्यवस् थापन समिति पूूरानो शिक्षा ऐ नअन्तर्गत गठन भएको र नयाँ संशो धित ऐ नअनुसार चल्न नसक्ने भएकाले तत्कालीन विद्यालय व्यवस् थापन समिति विघटन (खारेज) गरि एको जिशिअ ढकालले बताए ।
शिक्षा विभागले यस्तो निर्णय गरेपछि विद्यालय व्यवस् थापन समिति विघटनका लागि सबै विद्यालयहरुमा परि पत्र गरि सके को र अब छिट्टै नयाँ समिति गठन प्रक्रिया सुरु हुने बताए ।
अब यस्तो हुनेछ संरचना ?
अब गठन हुने समितिको नाम र संर चना फर क हुने छ । यसअघि र हे का विद्यालय व्यवस् थापन समितिको नाम फे रि एर अब विद्यालय रेखदेख, सञ्चालन र व्यवस् थापन समिति र हने छ । जसमा ९ सदस् यीय समिति हुने छ । पहिले अभिभावक भेला गरी त्यसबाट दुईजना महिला अनिवार्यसहित चार सदस् य छान्नु पर्ने छ भने चन्दा दाता, विद्यालयका संस् थापक र शिक्षाविद्को तर्फबाट एक महिलासहित दुईजना, विद्यालयका प्रधानाध्यापक एकजना, शिक्षक प्रतिनिधि एकजना र सम्बन्धित वडाध्यक्ष एकजना समितिको सदस् य र हने व्यवस् था छ । प्रअ र शिक्षकबाहे कका सदस् यहरुबाट एकजना अध्यक्ष छनो ट गरी समितिलाई पूर्णता दिने व्यवस् था छ । समितिको सदस्य सचिव विद्यालयका प्रधानाध्यापक र हने छ ।