Sat. Jul 27th, 2024

राखेपमा विभागीय हेरफेर हुने

Nepal-sports-council_165520525

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को केही विभागमा हेरफेर गरिने भएको छ। राखेपले आफ्नो विभागका काम कारबाही चुस्त पार्न विशेष गरी तीनवटा विभागमा हेरफेर गर्न लागेको छ। विभागीय जिम्मेवारीमा केही हेरफेर हुने निश्चित हो। यस निर्णयलाई हामी छिटै कार्यान्वयन गर्नेछौं, राखेपका सदस्य सचिव युवराज लामाले अन्नपूर्ण पोस्ट्सँग भने।

राखेपले मुख्यतस् प्रशासन विभाग, विद्यालय खेलकुद विभाग, खेलकुद प्रतियोगिता तथा योजना विभागमा हेरफेर गर्न लागेको छ। राखेपले पाँच महिनाअघि मात्र विभागीय हेरफेर गरेको थियो। पाँच महिनाअघि प्रशासन विभागको जिम्मेवारी कमल खनाललाई दिइएको थियो। यसैगरी विद्यालय खेलकुद विकास विभागको जिम्मेवारी प्रकाशचन्द्र घिमिरे र खेलकुद प्रतियोगिता तथा योजना विभागको प्रमुख मदनजंग राणालाई बनाइएको थियो।

राखेपका विभागीय प्रमुखको जिम्मेवारीमा हेरफेर गरिन लागिएको विषयमा प्रशासन विभाग प्रमुख कमल खनालले आफू अनभिज्ञ रहेको बताए। ुम भर्खर विराटनगरबाट काठमाडौं आएको छु। यस विषयमा मलाई कुनै जानकारी छैन, खनालले भने।

नेपाली खेलकुदका काम कारबाही अगाडि बढाउन राखेपमा प्रशासन विभाग, खेलकुद विकास विभाग, खेलकुद प्रतियोगिता तथा योजना विभाग, तालिम तथा प्रशिक्षण विभाग, स्वास्थ्य तथा अनुसन्धान विभाग, विद्यालय खेलकुद विभाग र नेपाल खेलकुद प्रतिष्ठान रहेका छन्। विभागअन्तर्गत विभिन्न शाखा समेत छन्।

प्रशासन विभागअन्तर्गत कर्मचारी प्रशासन शाखा, सामान्य प्रशासन शाखा, आर्थिक प्रशासन शाखा, मानव संसाधन शाखा, आपूर्ति तथा भण्डार शाखा, बजेट तथा योजना शाखा, पौडी शाखा, पूर्वाधार निर्माण तथा मर्मत शाखा, आन्तरिक लेखापरीक्षण शाखा, अन्तर्राष्ट्रिय खेलकुद परिसर, कानुन शाखा र कम्प्युटर व्यवस्थापन शाखा छन्।

खेलकुद विकास विभागअन्तर्गत खेलकुद स्वास्थ्य तथा अनुसन्धान केन्द्र, संघ संस्था समन्वय शाखा, प्रचार प्रसार शाखा र पर्यटन तथा परम्परागत खेलकुद शाखा छन्। यसैगरी खेलकुद प्रतियोगिता तथा योजना विभागअन्तर्गत तथ्यांक शाखा, प्रतियोगिता योजना र बजेट शाखा र स्कुल तथा कलेज खेलकुद समन्वय शाखा छन्।

तालिम तथा प्रशिक्षण विभागअन्तर्गत योजना, मूल्यांकन तथा अनुगमन शाखा, बृहत् खेलकुद शाखा, प्रशिक्षण पूर्वाधार शाखा, प्राविधिक प्रशासन शाखा, प्रशिक्षण कार्यक्रम शाखा र तालिम शाखा छन्। नेपाल खेलकुद प्रतिष्ठानअन्तर्गत शिक्षा तथा आधारभूत खेलकुद संकाय, विज्ञान संकाय, खेलकुद प्रशासन संकाय, खेल प्रशिक्षण संकाय र व्यवहारिक खेल विज्ञान संकाय रहेका छन्।
(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: