२१ साउन, काठमाडौं – निवर्तमान युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल चढेको गाडी बीच बाटोबाटै खोसिएपछी उनी डेढ किलोमिटर पैदल हिडेर डेरामा पुगेका छन् ।
बिहीबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रममा सहभागी भएर र्फकने क्रममा बाटोमै गाडी खोसिएपछि मण्डल हिँडेर डेरा पुगेका हुन् ।
बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएपछि मन्त्रीक्वाटर्र छाडेका मण्डल बानेश्वरमा डेरा सरेका हुन।
शपथ ग्रहण कार्यक्रममा हमभागी भएर र्फकने क्रममा मण्डलले आफूले प्रयोग गर्दै आइरहेको झन्डावाल गाडी नयाँ मन्त्रीका लागि फर्काइदिएका थिए ।
त्यसपछि उनले डेरासम्म पुग्न आफ्नो सचिवालयले प्रयोग गरेको सेतो रङको गाडी झिकाएका थिए । तर मन्त्रालयको कर्मचारीले त्यो गाडी लान नदिएपछि उनी मध्यबानेश्वरबाट झन्डै डेढ किलोमिटरभित्र रहेको डेरामा हिँडेरै पुगेका थिए ।
जिम्मेवारीबाट मुक्त भएको २४ घण्टा पनि नबित्दै मन्त्रालयका कर्मचारीले देखाएको व्यवहारबाट निवर्तमान मन्त्री मण्डल दुःखी बनेका थिए ।
अन्नपुर्ण पोष्ट दैनीकबाट