Sat. Jul 27th, 2024

पाविल न्युज डट कमले व्यवस्थापनको जिम्मेवारी तोक्यो

२० पुस, धादिङ – अनलाइन पत्रिका पाविल न्युज डट कमको व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँड भएको छ ।

अध्यक्ष  नवराज छत्कुली
अध्यक्ष
नवराज छत्कुली

अनलाइन पत्रिका प्रकाशन संस्था धादिङ मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष नवराज छत्कुलीको अध्यक्षतामा बसेको बैठकले अनलाइन पत्रिका व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँड गरेको हो । बैठकले निर्धारण गरेको जिम्मेवारीमा अध्यक्ष नवराज छत्कुली, प्रवन्ध निर्देशकमा फणिन्द्रराज सिलवाल, निर्देशकमा राजाराम शर्मा, सम्पादकमा सुनिता सिम्खडा र कार्यकारी सम्पादकमा सरीता श्रेष्ठ रहनु भएको धादिङ मिडिया नेटवर्क प्रा.लि.ले जनाएको छ ।

प्रवन्ध निर्देशक फणिन्द्रराज सिलवाल
प्रवन्ध निर्देशक
फणिन्द्रराज सिलवाल

अनलाइन पत्रिका पाविल न्युज डटकमका लागि प्रवन्ध निर्देशकमा चयन भएका सिलवाल विगत १४ वर्षदेखि सञ्चार क्षेत्रमा क्रियाशिल छन् । तत्कालिन माओवादी र सरकारबिच सशस्त्र युद्ध चलेका बेला नेपाल वान टेलिभिजनका लागि जोखिमपूर्ण रिपोर्टिङ गरेकोमा सिलवाल नेपाली पत्रकारिता जगतमा चर्चित भएका थिए । धादिङको कृष्णभिरमा भएको दुईपक्षीय भिडन्तमा सिलवालले जोखिमपूर्ण रिपोर्टिङ गरेका थिए । त्यसपछि सिलवाल हाइवेखबर पत्रिकामा पनि संलग्न थिए ।

निर्देशक राजाराम शर्मा
निर्देशक
राजाराम शर्मा

निर्देशकमा चयन हुनु भएका राजाराम शर्मा विगत दश वर्षदेखि धादिङमा पत्रकारितामा क्रियाशिल छन् । शुरुका दिनमा विभिन्न पत्रपत्रिकामा स्तम्भ लेखनबाट पत्रकारिता यात्रा शुरु गर्नुभएका शर्माले नेत्रावती साप्ताहिक र तत्कालिन धादिङ आवाज साप्ताहिकमा कार्यकारी सम्पादकको जिम्मेवारी सम्हाली सकेका छन् । शर्माले झण्डै दुई वर्ष गोरखापत्र दैनिकका लागि पनि धादिङ समाचारदाताको रुपमा काम गरिसकेका छन् । २०६४ सालमा धादिङ जिल्लामै पहिलो रेडियोको रुपमा स्थापना गरिएको रेडियो धादिङमा स्थापना कालदेखि नै विभिन्न कार्यक्रम उत्पादन र प्रस्तुत गर्दै आएका शर्मा रेडियोको कार्यक्रम संयोजक हुँदै अहिले स्टेशन म्यानेजरको जिम्मेवारीमा रहेका छन् ।

सम्पादक सुनिता सिंम्खडा
सम्पादक
सुनिता सिंम्खडा

पाविल न्युज डटकमका सम्पादक सुनिता सिम्खडा विगत सात वर्षदेखि पत्रकारितामा संलग्न छिन् । धादिङबाट प्रकाशन हुने विभिन्न पत्रिकामा स्तम्भ लेखन गर्दै रेडियो धादिङमा समाचार शाखामा काम गरिसक्नु भएकि सिम्खडा अहिले नेपाल एफ एम नेटवर्कमा कार्यरत छिन् ।

कार्यकारी सम्पादक सरिता श्रेष्ठ
कार्यकारी सम्पादक
सरिता श्रेष्ठ

त्यस्तै कार्यकारी सम्पादकको जिम्मेवारी पाएकी सरीता श्रेष्ठ विगत चार वर्षदेखि धादिङमा पत्रकारितामा संलग्न छिन् । रेडियो राजमार्ग सञ्चालक समितिको सहसचिव समेत रहेकी श्रेष्ठ माउण्टेन टेलिभिजनका लागि धादिङबाट रिपोर्टिङ गर्छिन् । श्रेष्ठ यसवर्ष प्रेस काउन्सिल नेपालको समावेशी पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी थिइन् ।

About The Author

Loading...

अन्य समाचारहरु: