२३ साउन, धादिङ – राष्ट्रिय वन अतिक्रमण गरि राजमार्ग छेउछाउका स्थायी संरचना र घुम्तीपसल संचालन गरि वसेका घर टहराहरु भत्काउन सुरु गरिएको छ ।
राजमार्ग छेउमा स्थायी संरचना बनाइ घुम्तीपसल संचालन हुदै आएका पसल र घर टहरा हटाउन सुरु गरिएको हो । वैरेनी भल्टारस्थित वालकुमारी सामुदायिक वन समितिले मासिक भाडामा लगाएका ५ वटा घरटहराहरु स्थानिय प्रशासनको सहयोगमा जिल्ला वन कार्यालयले भत्काएको छ । त्यसैगरी चिरौंदी खोला छेउमा निर्माणाधिन संरचना पनि भत्काईएको छ ।
राजमार्गक्षेत्रमा अवैध रुपमा संचालित घुम्ती पसलहरुबाट लागुऔषधको समेत कारोवार हुने गरेको भेटिएपछि राजमार्ग अतिक्रमण गरेर संचालन गरिएका घुम्ती पसलहरु समेत भत्काइएको जिल्ला प्रशासन कार्यलयलले जनाएको छ ।
राजमार्ग मापदण्ड मिचेका र सार्वजनिक वन र जग्गा मिचेर निर्माण गरिएका घर टहरा भत्काउनु सँगै लगत संकलन पनि सुुरु गरिएको छ । यस भन्दा अघि लगत संकलन भएको नभेटिएकाले कति घर टहरा वन क्षेत्रमा छन् भन्ने नखुले पनि सय भन्दा बढि संरचना त्यस क्षेत्रमा भएकोले अव यसलाइ निरन्तर हटाइने जिल्ला वन कार्यालय धादिङले जानकारी दिएको छ ।
अनुगमन टोलीले अतिक्रमण गरि करोडौंको लगानीमा निर्माण गरेको वेनीघाटको सलाङ्गघाट स्थित कृपान्जली होटलका संचालक कृष्ण सिलवाल लाई पनि घर खाली गर्न ७ दिने म्याद दिएको छ । स्थानियहरुले भने बिना कुनै सुचना आफ्नो घर टहरा भत्काइएको भन्दै आपत्ति जनाएका छन ।
धादिङ जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा व्यक्ति, संस्था र सहकारीका भवनहरु सञ्चालन गरिरहेको गुनासो आएपछि जिल्ला वन कार्यालयले वन क्षेत्रको संरक्षण अभियान थालेको छ । पछिल्लो समय राजमार्ग आसपासका सामदायिक बनहरु अतिक्रमण गरेर राजमार्गलाइ नै असर पर्ने गरि होटल व्यवसाय संचालन हुन थालेपछि सडक दुर्घटना पनि बड्दै गएको प्रहरीले जनाएको छ ।