Sat. May 17th, 2025

सार्वजनिक यातयातले भाडा बढी लियो ? कारबाहीका लागि एसएमएस पठाउनुहोस्

२४ साउन, काठमाडौं – सार्वजनिक यातयातका छाडापनबाट तपाई चिन्तित हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन । यस्तै गुनासो सुन्नको लागी ट्राफिक प्रहरीले एसएमएस सेवा सुरु गरेको छ ।

ट्याक्सी मिटरमा जान मानेन? सार्वजनिक यातयातले भाडा बढी लियो ? आरक्षण सिटमा अरु नै बसेर यात्रा गरिरहेका छन् यदि यस्तै समस्यामा हुनुहुन्छ भने तत्काल प्रहरीलाई एसएमएस पठाएर कारबाही गर्न सकिने व्यावस्था रहेको छ ।
सार्वजनिक यातायातका छाडापनबाट तपाईं पीडित हुनुहुन्छ वा तपाईंका आँखाले देखेको छ भने अब त्यसको सरल समाधान गर्न सक्नुहुन्छ ।

९८५१२९५१०० नम्बरमा सेवाग्राहीले सन्देश पठाएर गुनासो गर्न सक्नेछन ।  तपाईंका गुनासा सीधै उक्त नम्बरमा पठाउण्नुभयो भने तत्काल ट्राफिक प्रहरी कारबाहीमा उत्रिन छ ।

उक्त नम्बरमा सार्वजनिकसँगै निजी सवारीसाधानका बेथितिका बारेमा सन्देश पठाउन सकिन्छ ।
एसएमएस पठाउँदा भने गाडीको नम्बर, रुट लगायत स्पस्ट गर्न ट्रफिकले आग्रह गरेको छ ।
आजको अन्नपूर्णमा समाचार छ ।

About The Author

अन्य समाचारहरु: