२४ साउन, धादिङ – फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको छ । सोमबार गोरखाबाट विरामी लिएर उडेको नाइन एन ए के ए कल साइन भएको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलका अनुसार गाउँलेले जंगलमा हेलिकप्टर दुर्घटना भएको जानकारी दिएको र अहिले उद्धारका लागि प्रहरीसहितको टोली त्यसतर्फ जाँदै छन् ।
हेलिकोप्टर नुवाकोट – ८ बेतिनी को जंगलमा दुर्घटना भएको पुष्टि भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताएका छन् ।
हेलिकोप्टरमा एक चालकसहित ६ जना सवार थिए । हेलिकोप्टर गोर्खाबाट दिउँसो १२ बजेर १० मिनेटमा उडेको थियो । १२ बजेर ३५ मिनेट जाँदा हेलिकोप्टर सम्पर्क बाहिर गएको फिस्टेल एयरले जनाएको छ ।