Sat. May 17th, 2025

नलाङमा रहेको चक्रदेवी मन्दिर जिर्ण अवस्थामा

mandir
२४ साउन, धादिङ – धादिङको नलाङ गाँउ विकास समिति वडा नम्वर  ५ ज्यामिरेस्वारमा रहेकोे चक्रदेवी मन्दिर जिर्ण अवस्थामा पुगेको छ ।

वि स.२०५६ सालमा विभिन्न संघसंस्था तथा स्थानीयको सकृयतामा मन्दिर निर्माण गरिएको थियो । स्थानीयको वेवास्ताका कारण अहिले मन्दिरको विभिन्न भागहरु भत्किएका छन् । भत्किएको मन्दिरलाई कसैले पनि मर्मत संभार नगर्दा अहिले जिर्ण अवस्थामा पुगेको छ ।

मन्दिरको ढोका भत्किएको र गजुर पनि ढल्ने स्थितिमा पुगेको छ । त्यसैगरि मन्दिर भित्रको मुर्तिहरु छरपष्ट अवस्थामा रहेको र मन्दिर वरपर फोहोर भएकै कारण स्थानीयहरु मन्दिरमा जानै छोडेका छन् ।
चक्रदेवी मन्दिरको आफ्नो धार्मिक महत्व रहेको छ ।

चक्रदेवी युवा समूहद्धारा निर्माण गरिएको मन्दिरमा प्रत्येक वर्ष श्री पन्चमीको दिनमा सामुहिक ब्रतबन्ध गरिन्छ  । मन्दिरको संरक्षणका लागि समुदायमा धेरै क्लबहरु पनि गठन भएका छन् । तर मन्दिर जीर्ण अवस्थामा पुग्दा पनि मन्दिरको संरक्षणमा कसैले चासो नदिदाँ मन्दिरको अस्तित्व नै हराउँदै गएको नलाङबाट रामकृष्ण सिलवालले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: