Mon. May 12th, 2025

मोडलिङमा जम्दै धादिङ ज्यामरुङका दिवश पाण्डे

dibash-pandey२५ साउन, धादिङ – धादिङको ज्यामरुङ मा जन्मेका २४ बर्षिय दिबश पाण्डे अहिले मोडलिङ क्षेत्रमा व्यस्त छन् । उनी गीतसंगीतमा लागेर नै आफ्नो करियर बनाउन चाहन्छन् ।

विभिन्न गीतमा अभिनय गर्दै आईरहेका दिबश लोकदोहोरी गीतमा लयरशब्द पनि उतिकै उत्कृष्ट गर्छन् । अघिल्लो वर्षको तीजमा खुमन अधिकारी र सुष्मा रुपाखेतिको आवाजमा सजिएको हेरन मायाले हेरन बोलको तीज गीत उनकै लयमा तयार भएको थियो र धेरै दर्शक स्रोताले मन पराएका थिए ।

त्यसैगरी यसपालिको तीजमा पनि उनकै लयरशब्दमा हेरन मायाले हेरन –  २ सअभिनय लिएर आएका छन् । यसपालिको गीतपनि निकै राम्रो भएको र दर्शक स्रोताले मन पराउनेमा उनी ढुक्क छन् ।

उनले साङ्गितिक क्षेत्रमा निकै सङ्घर्ष गर्दै अघि बढ्दै आफ्नो रुचि चाहानालाई आशा नमारि अघि बढिरहेको बताउँछन् । भनिन्छ दस्ख पछि सुख अबस्य आउँछ तर केही पाउन केही गुमाउन जान्नु पर्छ मैले पनि धेरै खुसिहरु गुमाएको छु। खुबै मेहनत र परिश्रम गरेको छु।मोडलिङ गर्न त्यति सजिलो छैन तर पनि मोडलबाटै चिनिन चाहन्छु उनले बताए ।

अहिलेसम्म १ दर्जन जति भिडियो मा अभिनय गरिसकेका दिबश ले आधा दर्जन जति गितमा लयरशब्द पनि भरिसकेका छन् ।अहिले गीत ससंगीतको क्षेत्र निकै खर्चिलो र आम्दानीको स्रोत कम छ त्यसैले यो क्षेत्रमा अलि धेरै कठिन बनेको छ। ‘यो क्षेत्रमा सबैले मिलिजुली र सबैले बुझेर काम गर्नुपर्छ नबकलाकारलाई निकै गाह्रो हुँदोरैछ अघि बढ्दा सोचेर बुझेर मात्र अघि बढ्नुपर्छ’ – उनले भने ।

About The Author

अन्य समाचारहरु: