Sat. Jul 27th, 2024

रेडियो धादिङ आठौ बर्षमा प्रवेश

logo

२१ पुस, धादिङ – ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो धादिङ १०६ मेगाहर्ज आजदेखी आठौँ बर्षमा प्रवेश गरेको छ ।

औपचारिक प्रसारणको साँतौ वर्ष पुरा गरी आठौँ बर्षमा प्रवेश गरेको अवसरमा रेडियो धादिङले आज धादिङबेसीमा बुढीगण्डकी जलविद्युत आयोजना बारे सरोकारवालाहरुसंग बृहत अन्र्तक्रिया गर्ने भएको छ ।

‘‘समुदायको लागि समुदायको आवाज’’ भन्ने मुल नारा लिएर प्रशारण शुरु भएको रेडियो धादिङले नेपालमै पहिलो पटक चेपाङ भाषामा खवर प्रशारण गरिरहेको छ । रेडियो धादिङ अहिले विहान ५ बजेदेखि राती १० बजेसम्म नियमित १७ घण्टा प्रशारण हुँर्दै आएको छ ।

धादिङमै पहिलो सामुदायिक रेडियोको रुपमा स्थापना भई वि.स.२०६४ साल भदौ २० गतेदेखि परिक्षण प्रशारण शुरु गरेको थियो । रेडियो धादिङमा अहिले प्रत्येक दिन नेपाली, तामाङ र चेपाङ भाषाको खवरसंगै प्रत्येक २ घण्टाको फरकमा राजमार्ग खबर प्रशारण गर्दै आएको छ । यसैगरी तामाङ, चेपाङ, मगर लगायत विभिन्न भाषाभाषिका चेतनामुलक कार्यक्रम रेडियो धादिङबाट प्रशारण हुँदै आएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: