२५ साउन, धादिङ – दीपकराज गिरीको निर्माण तथा दीपाश्री निरौलाको निर्देशनमा बनेको फिल्म ‘छक्का पञ्जा’ को ट्रेलर मंगलबार सार्वजनिक भएको छ ।
चलचित्रमा दिपकराज गिरीलाई लावन्य देशको राजा, शिवहरी पौडेल डिभीप्रसाद, जितु नेपाल बाहुन बाजे, माग्ने बुढा अर्थात केदार घिमिरे कान चोर, बुद्धि तामाङ हैटको परिचयसहित चलचित्रमा अभिनय गरेका छन् ।
चलचित्रमा माया पिरतीका कुरा मिसिएको देखन चम्पा, पूर्व पश्चिम रेल जस्तो चर्चित गीत छन् । चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, वर्षा राउत, बुद्धि तामाङ, बसुन्धरा भूसाल लगायतका कलाकारहरुको अभिनय छ ।
भदौ २४ बाट प्रदर्शनमा आउने फिल्ममा हास्यव्यंग्य र वैदेशिक रोजगारीको पीडादायी कथालाई समेटेको देखाएको छ ।