२६ साउन काठमाडौं – अवैध लागूऔषध तस्करीको अभियोगमा अनुसन्धानमा परेका चर्चित व्यापारिक घराना संघाई समूहका अध्यक्ष पवनकुमार संघाई विदेश भागेका छन् ।
प्रहरीले अनुसन्धान बढाएपछि शक्तिकेन्द्रको आडमा जोगिन विदेश भागेको प्रहरी स्रोतले बताएको छ । लागूऔषध व्युरो स्रोतका अनुसार संघाइ हाल छिमेकी मुलुक भारतमा लुकेर बसेका छन् ।
लागू औषध कारोबार गरेको अभियोगमा सो समूहका रतन संघाइलाई पक्राउ गरेलगत्तैदेखि अध्यक्ष पवनको फोन नेपालमा प्रयोग नभएको कारण उनी विदेश भागेको अनुमान प्रहरीको छ ।
नेपाल भारतमा रहको व्यापारिक प्रतिष्ठान पनि हेर्न मिल्ने गरी उनी भारततर्फ फरार भएका कारण उनलाई पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ ।
आगूऔषध तस्करी गरेको अभियोगमा अनुसन्धान अघि बढाइएको प्रहरीले एक साताअघि पवन संघाइ र उनको सबै कम्पनीको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ । राजधानी दैनिकबाट