२६ साउन काठमाण्र्डौ- पैदल यात्रीले ट्राफिक नियम उल्लङ्घन गरेर जथाभावी बाटो काटिरहनुभएको छ भन्ने अब सचेत रहनुहोला ।
ट्राफिक प्रहरीले अब तपार्इंलाई त्यतिकै छाड्नेवाला छैनन् । अब तपार्इं पैदल यात्रीले पनि मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लङ्घन गर्नेले जस्तै ट्राफिक नियमसम्बन्धी कक्षा लिनुपर्नेछ ।
ट्राफिक प्रहरी महाशाखाले पैदल यात्रीले बाटोमा हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरेर त्यस्ता बटुवालाई समातेर एक घन्टाको कक्षा लिनुपर्ने व्यवस्था गर्न थालेको छ ।
ट्राफिक प्रहरीले समाते भने कक्षा नलिई आफ्नो काममा पैदल यात्री जान पाउने छैनन् ।
ट्राफिक प्रहरीले उपत्यकामा दुर्घटनामा पैदल यात्रुको धेरै ज्यान जान थालेपछि साउन महिनाभरि नै ‘पैदल यात्रु सुरक्षा अभियान’ नै सञ्चालन गरेको छ । गत वर्ष उपत्यकामा १६५ मध्ये ६६ जना पैदल यात्रीको सवारी दुर्घटनामा ज्यान गएको थियो ।